बेलबासको भैरव मन्दिर परिसरमा बृक्षारोपण


appharu

७ श्रावण २०७९, शनिबार १३:३१ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्ल अफ बुटवल बेलबास सिर्जनशील र लायन्स क्ल अफ बुटवल वेस्टले संयुक्तरुपमा बुटवल–१३ बेलबासस्थित भैरव मन्दिर परिसरमा बृक्षारोपण गरेका छन् । लायन्स वर्ष अनुसार जुलाईलाई वातावरण संरक्षण महिनाका रुपमा लिने गरिन्छ । सोही अनुसार दुई क्लबले मन्दिर परिसरमा केरा कटहर,बर, अमला लगायतका बिरुवाहरु रोपेको हो । कार्यक्रममा प्रमुख अतिथि एरिया चिफ माधव खनाल, जोन चेयरपर्सन बिमला गैरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लायन्स क्ल अफ बुटवल बेलबास सिर्जनशीलकी अध्यक्ष सरस्वती खनालले स्वागत, मोहनप्रसाद गौतमले सञ्चालन र लायन्स क्लब अफ बुटवल वेस्टका अध्यक्ष शिवप्रसाद आचार्यको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको संयोजकहरुमा लायन्स क्ल अफ बुटवल बेलबास सिर्जनशीलकी द्वतीय उपाध्यक्ष कल्पना भण्डारी र लायन्स क्ल अफ बुटवल वेस्टका अमर थापा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्