जसपा सिद्धार्थनगर अध्यक्षमा रवि रौनियार


appharu

७ श्रावण २०७९, शनिबार १६:०१ मा प्रकाशित

पालिकापत्र, सिद्धार्थनगर । जनता समाजवादी पार्टी सिद्धार्थनगर नगर समितिको अध्यक्षमा रवि रौनियार चयन भएका छन् । पार्टीमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच विवाद भएपछि यसअघिका नगर अध्यक्ष अर्जुनकुमार जयसवालले पदबाट राजीनामा दिएका थिए । जैसवालको राजीनामापछि रौनियारलाई नगर अध्यक्ष जिम्मेवारी दिइएको हो । रौनियार एक वर्षअघि राप्रपा छाडेर जसपामा आएका हुन् । जसपा प्रदेश समिति सदस्य समेत रहेका उनी सामाजिक संघसंस्थामा पनि आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्