चार करोड लगानीमा डार्क उड नयां व्यवस्थापनमा, थकाली खाना र लाइभ म्युजिक आकर्षण


appharu

७ श्रावण २०७९, शनिबार १८:०७ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको कालिकापथ होटेल तथा रेष्टुरेन्टको हबको रुपमा विकास हुंदै गएको छ । यहां नयां नयां होटेल, रेष्टुरेन्ट, दोहोरी सांझ र डान्सबार समेत थपिने क्रम जारी छ ।

यसै क्रममा दुई जना युवाले चार करोड लगानीमा डार्क उड रेष्टुरेन्ट एण्ड लाउन्ज बार प्रालिलाई नयां व्यवस्थापनका साथ पुन: सञ्चालनमा ल्याएका छन् ।
बेलायतसहितका देशहरुमा १७ वर्ष रेष्टुरेन्ट फिल्डमै काम गरेका बुटवलका राजेश ज्ञवालीले पोल्ट्री व्यवसायमा समेत आवद्ध युवा महेश थापासंग मिलेर चार वर्षदेखि सञ्चालनमा रहेको डार्क उड रेष्टुरेन्टलाई नयां व्यवस्थापनमा सञ्चालनमा ल्याएका हुन् ।

नयां व्यवस्थापनमा आएसंगै डार्क उडले बुटवल चुल्होको नाममा थकाली खानाका परिकारको स्वाद पस्कन थालेको सञ्चालक महेश थापाले बताए । ‘बुटवल चुल्होको थकाली खाना संभवत: बुटवलमै सबैभन्दा गुणस्तरीय छ भन्ने हाम्रो दावी हो’– थापाले भने–‘बिहानमा थकाली खानालाई फोकस गरेका छौं भने सांझमा हरेक दिन लाइभ म्युजिक अर्को विशेषता हो ।’

थापाका अनुसार आफ्नै फार्मको कुखुरा र पहाडी जिल्लाबाट ल्याइने खसी बोकाको मासु डार्क उडमा उपलब्ध हुन्छ ।
सर्वसुलभ दरमा गुणस्तरीय हाइजेनिक परिकार ग्राहकलाई उपलब्ध गराउने र नाफाको केही अंश सामाजिक काममा समेत खर्च गर्ने आफूहरुको योजना रहेको थापाले बताए ।

अर्का सञ्चालक राजेश ज्ञवालीले विदेशबाट फर्केपछि एक वर्ष अध्ययन गरेपछि बुटवलमा राम्रो संभावना देखेर दीर्घकालीन योजना अनुसार रेष्टुरेन्ट क्षेत्रमा लगानी गरेको बताए । अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै व्यवसाय राम्रो हुने अपेक्षा लिएको उनले सुनाए ।

डार्क उडले दुई सिफ्टमा गरेर २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको र भविष्यमा ५० जनालाई रोजगारी दिंदै थप सेवा विस्तार गर्ने योजना बनाएको सञ्चालकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्