नागरिकता विधेयक पारितपछि बुटवलमा कांग्रेसको दिपावली


appharu

७ श्रावण २०७९, शनिबार १८:२१ मा प्रकाशित

पालिकापत्र, बुटवल । प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धि विधेयक पारित भएपछि नेपाली काँग्रेस बुटवलले दिपावली गरेको छ ।

विधेयक पारित भएकै राति काँग्रेसले बुटवलको ट्राफिक चोकमा दिपावली गरी खुशियाली मनाएको हो ।

नेपाली नागरिक भएर पनि नागरिकताबाट बज्चित भएका नागरिकहरूले अब नागरिकता पाउने भएपछि काँग्रेसले दिपावली गरेको जनाएको छ ।

गठबन्धनको सरकारले संविधानसभाको कार्यान्वयन गर्दै नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास गरेर सहि निर्णय गरेको नेपाली काँग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणले बताए । उनले विधेयक पास भएको खुशीयालीमा रूपन्देही भरी विभिन्न कार्यक्रमको आयोजना गर्ने बताए ।
बुटवल नगर समितिका सभापति तथा उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अब नेपाली नागरिकले नागरिकता विहिन भएर समस्या झेल्नु नपर्ने बताए ।

आमाको नाउबाट पनि नागरिकता प्राप्त गर्न सकिने भएकाले अब नेपाली नागरिक भएर पनि नागरिकता विहिन हुनु नपर्ने उनको भनाई छ ।
नागरिकता सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि खुशियालीमा दिपावली गरेको नगर सचिव छाया पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्