पाल्पाको लघुवामा बस दुर्घटना हुंदा ६ जनाको मृत्यु १६ घाइते


appharu

८ श्रावण २०७९, आईतवार १८:५० मा प्रकाशित

पालिकापत्र,रिब्दिकोट । पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना हुंदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५९५२ नम्वरको बस आइतबार दिउँसो ४.३० बजे लघुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन ।
घाइतेहरुलाई उपचारका लागि तानसेन पठाइएको प्रहरी चौकी हार्थोकले जनाएको छ । बस सडकबाट करीव १ सय मिटर तल खसेको छ । बस सडकको डिल भासिएर दुर्घटना भएको स्थानीयवासी विश्व कार्कीले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्