आउने चुनावबाट निर्णायक शक्ति बन्ने जनमुक्ति पार्टीको उद्घोष ( वैठकका निर्णयको पूर्णपाठ सहित)


appharu

९ श्रावण २०७९, सोमबार ०९:३० मा प्रकाशित

पालिकापत्र, बुटवल । भ्रष्टाचारविरुद्ध सबैभन्दा खरोरुपमा आवाज बुलन्द गर्ने राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ ।
साउन ५ देखि ७ गतेसम्म रुपन्देहीमा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने लगायत ५ बुँदे निर्णय गरेको हो ।

बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव टोपबहादुर अस्लामी मगरले मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएकाले त्यसलाई रोक्न मिश्रित निर्वाचन प्रणालीको साटो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने एजेण्डालाई प्रमुखताका साथ उठाएको बताए ।

यस्तै विदेशमा रहेका नेपालीका हकमा आगामी निर्वाचनमा ई–भोटिङको व्यवस्था गर्न पनि पार्टीले सरकारसंग माग गरेको छ । यस्तै थ्रेसहोल्ड अलोकतान्त्रिक र राजनीतिक निषेधको हतियार भएको भन्दै उक्त प्रावधान हटाउन माग गरेको छ । अमेरिकी सरकारलाई एसपीपी सम्झौता अस्वीकार गरेको विषयमा तत्काल पत्राचार गर्न समेत जनमुक्तिले माग गरेको छ ।

संघीयताको मर्ममाथि प्रहार, नियन्त्रण बाहिरको भ्रष्टाचार, परनिर्भर राष्ट्रिय अर्थतन्त्र, चरम व्यापार घाटाको अवस्था, बेरोजगारी, असंलग्न परराष्ट्र नीतिमाथि प्रहार जस्ता समस्या समाधानको लागि वैठकले आगामी निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउने गरी तयारी थाल्ने निर्णय गरेको महासचिव अस्लामीले बताए ।

पत्रकार सम्मेलनको सञ्चालन पार्टीकी सचिव गीता सारुले गरेकी थिइन् ।

हेरौं विज्ञप्तिको पुर्णपाठ :

१. राष्ट्रिय समस्या र त्यसको निदानका लागि ः–
क) संघीयताको मर्ममाथि प्रहार, नियन्त्रण बाहिरको भ्रष्टाचार, परनिर्भर राष्ट्रिय अर्थतन्त्र, चरम व्यापार घाटाको अवस्था, स्वदेशमा रोजगारको अवस्था नगण्य, असंलग्न परराष्ट्र नीति माथि प्रहार, कमजोर अनि निरीह बनाईएको राष्ट्रिय अडान र श्रीलङ्काको बाटोमा अर्थतन्त्र ओरालो लाग्नु देशको जल्दोबल्दो समस्या बनेको छ ।
यसको समाधानका लागि वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक छ । प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि मित्र शक्तिहरुसंग सहकार्य आवश्यक छ । जल्दोबल्दो राष्ट्रिय समस्या समाधानका लागि पार्टीले आफ्नै जोडबलमा पनि अभियान÷आन्दोलन सञ्चालन गर्नेछ ।
ख) भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरियोस् ।
ग) विदेशमा रहेका नेपालीहरुका हकमा आगामी निर्वाचनका लागि भ्(ख्यतष्लन को व्यवस्था गरियोस्।
घ) थ्रेसहोल्ड राजनीतिक निषेधको हतियार हो, लोकतन्त्र विरोधी व्यवस्था हो । त्यो प्रावधान हटाईहोस् ।
ङ) अमेरिकी सरकारलाई एसपीपी सम्झौता अस्वीकार गरेको विषयमा तत्काल पत्राचार गरियोस् ।

२) आगामी निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनका लागि ः–
पार्टी अध्यक्ष–कार्यकारी अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी पदेन सदस्य र प्रदेश अध्यक्ष तथा जनसंगठनका केन्द्रीय अध्यक्षहरु आमन्त्रित सदस्य रहने गरी निर्वाचन निर्देशक समिति गठन गरिएको छ ।

३) पार्टी संगठनको कार्य चुस्त दुरुस्त बनाउनका लागि ः–
राष्ट्रिय जनमुक्ति पार्टीको सांगठनिक गतिविधिलाई चुस्तदुरुस्त बनाउन÷राख्नका लागि निम्नानुसारका विभागीय जिम्मेवारी तोकिएको छ –
क) संगठन विभाग ः महासचिव टोप अस्लामी (प्रमुख), सदस्यहरुमा क्रमशः सचिव मोजीव अली, सचिव गजेन्द्र आङ्बुहाङ्ग, संघीय परिषद सदस्यहरु क्रमशः धनी आले, राम इक्बाल मण्डल, लक्ष्मण पुन, टीपु सुल्तान, र जीवनपति श्रेष्ठ ।
ख) प्रशिक्षण विभाग ः उपाध्यक्ष विदु प्रकाश कायस्थ (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव पूर्ण ब. राना र संघीय परिषद सदस्यहरु क्रमशः अधिवक्ता बालशिोर राना ।
ग) प्रचार विभाग ः उपाध्यक्ष बलदीप राई (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव गजेन्द्र आङ्बुहाङ्ग, सचिव मोजीव अली, संघीय परिषद सदस्यहरु क्रमशः राम इक्बाल मण्डल, मधु राना, टीपु सुल्तान ।
घ) अर्थ विभाग ः कोषाध्यक्ष मान ब. राई (प्रमुख), डिके सूर्यवंशी (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः अशोक पुन, मोहन तिमिल्सेना, धन बहादुर गुरुङ्ग, अरमान अन्सारी, कलावती पुन ।
ङ) अनुशासन विभाग ः उपाध्यक्ष हाजी डा. मोहम्मद हसन (प्रमुख), उपाध्यक्ष भीम ब. राना (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः हरिदेव थापा, अशोक पुन, ज्ञान ब. गुरुङ्ग ।
च) जनसंगठन विभाग ः उपाध्यक्ष रविन्द्र उच्च नेपाली (प्रमुख), उपाध्यक्ष मनीराम चौलागाई (उपप्रमुख) ।
छ) संघीय परिषदका वरिष्ठ सदस्य हस्त ब. थापालाई संघीय महासभाका लागि ईञ्चार्ज तोकिएको छ ।
४) संघीय महासभा सदस्य केहर सिंह राना (नवलपरासी सुस्ता पूर्व) र बल बहादुर राना (बाँके) लाई संघीय परिषद सदस्यमा मनोनयन गरिएको छ ।
५) विस्तारित बैठक व्यवस्थापनको जिम्मेवारी वहन गर्ने राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देही र विशेष सहयोगी राष्ट्रिय जनमुक्ति पार्टी, लुम्बिनी–लुथम परिचालन समितिलाई धन्यवाद ज्ञापन गरिएको छ ।

टोप अस्लामी
(महासचिव)

प्रतिक्रिया दिनुहोस्