एसईईको परीक्षाफल प्रकाशित,३.६ देखि ४ जीपीए ल्याउने नौ हजार ६३३


appharu

११ श्रावण २०७९, बुधबार १६:३५ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । ४ लाख ९५ हजार ७५१ जना सहभागी परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

एसईईमा ४१ हजार ६२७ जनाले ३.० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।
सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २।४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १।६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०।८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्