एक हजार चोरीको झोंकमा श्रीमतीको हत्या


appharu

१२ श्रावण २०७९, बिहीबार १८:४७ मा प्रकाशित

पालिकापत्र, बुटवल । साउन ११ गते बिहान करिब साढे नौ बजेको समयमा कञ्चन गाउँपालिका १ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट अनुसन्धानको लागी प्रहरी निरीक्षक सहितको टोली खटिई गई हेर्दा मृतकलाई टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरु र कोठामा रगत बगेको र छिटाहरु देखिएको र शरिरका विभिन्न भागमा निलडामहरु समेत देखिएको मृत शरिर फेला परेको थियो ।
सो पश्चात प्रहरीले आवश्यक प्रकृया पश्चात लाशलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटबल पठाईएको थियो भने घटना शंकास्पद देखिएकोले मृतकको श्रीमान बर्ष ३३ को यम बहादुर थापालाई आवश्यक अनुसन्धानको लागि तत्कालै निजकै घरबाट ईलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा लिईएको थियो ।
अनुसन्धानको क्रममा अघिल्लो दिन साँझ यम बहादुर थापाले घर नजिकै रहेको पसलमा मादक पदार्थ सेवन गरी आई सुतेकोमा उनकी श्रीमति सावित्री थापाले घटनाको अघिल्लो दिन साँझ दराजमा श्रीमानले राखेको रु।१,००० ९रु।एक हजार० लिई रक्सी किनेर खाई रातको समयमा आई श्रीमती सावित्री थापा सोहि कोठाको भुँईमा, श्रीमान यम बहादुर थापा र छोरा खाटमा सुतेका थिए । रातको करिब २ बजेको समयमा यम बहादुर थापा उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि निज यम बहादुरले श्रीमतीलाई उठाई पैसा नसोधी किन लिई गएको भनि कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिई श्रीमतीको हत्या गरेको भन्ने खुल्न आएकोले यम बहादुर थापा क्षेत्रीलाई पक्राउ गरी ज्यान सम्बन्धि कसुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।

                   

प्रतिक्रिया दिनुहोस्