धरानका मेयर हर्क भोजभतेरमा नजाने


appharu

१३ श्रावण २०७९, शुक्रबार १०:२८ मा प्रकाशित

पालिकापत्र,बुटवल । अधिकांश राजनीति गर्ने मान्छेहरु साना तिना निजी घरायसी कार्यक्रमहरु भोजभतेर आदिमा सहभागी भएर मतदाता रिझाउन तल्लीन हुन्छन् ।

तर धरानका मेयर हर्क साम्पाङ राईले भोजभतेरमा नजाने घोषणा गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई भोजभतेरमा निम्तो नगर्न आग्रह गरेका छन् ।

भोजभतेरमा जांदा मन खिन्न हुने भन्दै उनले तर भोजभतेरमा नजानु अपमान नभएको बताएका छन् ।

उनले भनेका छन्– ‘कृपया मलाई भोजभतेर पार्टीमा निम्तो नगर्नु । म आउँदिन । बेकारमा मन खिन्न हुन्छ । मैले अपमान गरेको होइन तर म आउँदिन ।’

पालिकापत्रको प्रश्नमा मेयर राईले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्र भित्र रहेर जनप्रतिनिधिले इमान्दार भएर काम गर्ने हो, भोजभतेरमा गएर व्यक्ति खुशी पार्ने हैन भन्ने प्रतिक्रिया दिए ।

देशभरका जनप्रतिनिधि मध्ये बेग्लै पहिचान बनाएका हर्कले यसअघि उपमहानगरपालिकाको आफू चढ्ने स्कारपियो बेचेर सडकका खाल्डाखुल्डी पुर्ने रोलर मेसिन किन्ने घोषणा गरेका थिए । उनी धरानमा खानेपानीको पाइप विस्तारका लागि भएको काममा आफै श्रमदान गर्दै आएका छन् । उनी स्वतन्त्र उठेर निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्