कुन पालिकामा को आए प्रमुख प्रशासकीय अधिकृत ? १८ जना नयाँ


appharu

१३ श्रावण २०७९, शुक्रबार १३:११ मा प्रकाशित

पालिकापत्र, बुटवल । देशभरका पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यबाट सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवसरहका कर्मचारी हेरफेर भएका थिए ।

सरकारले स्थानीय तहदेखि विभिन्न निकायमा कार्यरत ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृतको सरुवा गरेको हो ।

कतिपय प्रमुख प्रशासकीय अधिकृत एक स्थानीय तहबाट अर्को स्थानीय तह, कतिपय स्थानीय तहबाट अन्य निकायमा गएका छन् । केही अन्य निकायबाट स्थानीय तहमा भित्रिएका पनि छन् । विभिन्न निकायमा कार्यरत ३४ जना उपसचिवको सरुवा हुँदा १५ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन् ।

को कहाँ सरुवा ?
कपिलवस्तुको बाणगंगा नपाबाट टेकराज पन्थी रुपन्देहीको बुटवल उपमहानगरमा सरुवा हुँदा कपिलवस्तुकै शिवराज नपाबाट गणेशप्रसाद अर्याललाई सुर्खेतको गुर्भाकोट नपामा पठाइएको छ । स्याङ्जाको गल्याङ नपाबाट लेखनाथ न्यौपानेको चितवनकै खैरहनी नपामा र स्याङ्जाकै चापाकोट नपाबाट दामोदर शर्माको बाग्लुङको जैमिनी नपामा सरुवा भएको छ ।
काठमाडौंको नागार्जुन नपामा कार्यरत सुरेन्द्र थापामगर काभ्रेपलाञ्चोकको धुलिखेल नपामा सरुवा भएका छन् । काठमाडौंकै तारकेश्वर नपामा कार्यरत शिवप्रसाद लम्सालको काभ्रेपलाञ्चोकको नमोबुद्ध नपामा र शंखरापुर नपामा कार्यरत रमेश गौतमको कपिलवस्तुको शिवराज नपामा सरुवा भएको छ ।

यस्तै चितवनको राप्ती नपामा कार्यरत गंगाबहादुर भुजेलको बाग्लुङको गलकोट नपामा र चितवनकै भरतपुर महानगरबाट सुकदेव लम्सालको चितवनकै राप्ती नपामा सरुवा भएको छ । चितवनकै खैरहनी नपाबाट पुरुषोत्तम शर्मा स्याङजाको गल्याङ नपामा पुगेका छन् ।

यस्तै नुवाकोटको बेलकोटगढी नपाबाट दीपकप्रसाद खतिवडा तनहुँको भानु नपा पुगेका छन् । मकवानपुरको थाहा नपाबाट हरिलाल पुरीको बाराको निजगढ नपामा गएका छन् । बाराको निजगढ नपाबाट सुमनकुमार कार्कीको बाराकै पचरौता नपामा, धुलिखेल नपाबाट तारानाथ लुइँटेलको ओखलढुंगाको सिद्धिचरण नपामा सरुवा भएको छ ।

७ वटा नपाका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाट बाहिरिएका छन् । उनीहरु नपाबाट सरकारका अन्य संघीय निकायमा सरुवा भएका हुन् ।

बाग्लुङको गल्कोट नपाबाट हरिप्रसाद शर्माको जिल्ला समन्वय समिति अर्घाखाँचीमा, रुपन्देहीको देवदह नपाबाट डिल्लीराज बेलवासेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यस्तै सुर्खेतको पञ्चपुरी नपाबाट रोमकान्त पाण्डेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, झापाको अर्जुनधारा नपाबाट गीताकुमारी राईको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, बाग्लुङको जैमिनी नपाबाट ज्ञानराज कोइरालाको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा, धादिङको धुनीवेंशी नपाबाट हरिदत्त कँडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र रौतहतको गौर नपाबाट श्रीधर केसीको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ६ जना उपसचिवलाई विभिन्न नपाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । अतिरिक्त समूहका नेत्रप्रसाद घिमिरेको काठमाडौस्थित तारकेश्वर नपामा, होमनाथ काफ्लेको मकवानपुरको थाहा नपामा, हीरामणि सुवेदीको काठमाडौंस्थित शंखरापुर नपामा र नवराज पौडेलको रुपन्देहीस्थित सिद्धार्थनगर नपामा, शुभाकर पौडेलको स्याङ्जाको चापाकोट नपामा र भुदेव झाको रौतहटको ईशनाथ नपामा सरुवा भएको हो ।

त्यस्तै विभिन्न निकायमा कार्यरत ६ जनालाई नपामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अच्युतराज रेग्मी धादिङको धुनीवेंशी नपा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका डिल्लीराज सिग्देलको स्याङजास्थित वालिङ नपामा, स्थानीय पूर्वाधार विभाग ललितपुरमा कार्यरत ईश्वरीप्रसाद ढकाललाई नागार्जुन नपाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नारायणप्रसाद पोखरेल अर्घाखाँचीको भूमिकास्थान नपामा, गण्डकी प्रदेशको प्रदेशसभा सचिवालयमा कार्यरत जीतेन्द्रजंग केसीको कास्कीको पोखरा महानगरमा र जिल्ला समन्वय समिति नुवाकोटका जिल्ला समन्वय अधिकारी सूर्यदर्शन पण्डितको नुवाकोटको बेलकोटगढी नपामा सरुवा भएको छ ।

१२ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

विभिन्न १२ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शाखा अधिकृतस्तरका कर्मचारी पनि सरुवा भएका छन् । उनीहरु एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा पठाइएका हुन् ।

डोटीको केआईसिंह गाउँपालिकामा कार्यरत धर्मराज उपाध्यायको डोटीकै आदर्श गाउँपालिकामा, आदर्श गाउँपालिकाबाट सुरतबहादुर परियारको केआईसिंह गाउँपालिकामा, दाङको राजपुर गाउँपालिकाबाट चन्द्रकान्त पौडेलको दाङकै बंगलाचुली गाउँपालिकामा र दाङकै राप्ती गाउँपालिकाबाट शोभराज रिजालको दाङकै राजपुर गाउँपालिकामा सरुवा भएको छ ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट गोपीकृष्ण अर्यालयको कास्कीको मादी गाउँपालिकामा, कालीकोटको नरहरिनाथ गाउँपालिकाबाट धर्मराज बुढाको रोल्पाको लुङग्री गाउँपालिकामा, गुल्मीको मदाने गाउँपालिकाबाट कमलप्रसाद उपाध्यायको गुल्मीको सत्यवती गाउँपालिकामा र पाँचथरको कुम्मायक गाउँपालिकाबाट देवेन्द्र सुवेदीको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा सरुवा भएको छ ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाबाट लक्ष्मण कुइँकेलको सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा, संखुवासभाको पाँचपखन नगरपालिकाबाट मणिराम खतिवडाको झापाको गौरीगञ्ज गाउँपालिकामा, झापाको झापा गाउँपालिकाबाट खेमराज थापाको झापाकै बाह्रदशी गाउँपालिकामा र दैलेखको चामुण्डा बिन्द्रासैनी नपाबाट मणिराज खरालको बाँकेको डुडुवा गाउँपालिकामा सरुवा भएको छ ।

सरकारले ५९ जना शाखा अधिकृतको सरुवा गर्ने क्रममा २७ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई अन्य निकायमा पठाएको छ । सात वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको गृह मन्त्रालय तथा मन्त्रालयअन्तर्गत सरुवा भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिकाका तुल्सीराम पौडेल, दैलेखको महाबु गाउँपालिकाका भलाराम पंगाली, सप्तरीको रुपनी गाउँपालिकाका अरविन्दकुमार चौधरी, सल्यानको छत्रेश्वरी गाउँपालिकाका प्रदीप खनाल, तेह्रथुमको फेदाप गाउँपालिकाका भोगेन्द्र श्रेष्ठ, डडेल्धुराको अजयमेरु गाउँपालिकाका गंगाराम सापकोटा र खोटाङको ऐसेलुखर्क गाउँपालिकाबाट हीराकुमारी यादव गृह र सो मातहतका निकायमा सरुवा भएका छन् ।

त्यस्तै विभिन्न ४ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा मातहतका कार्यालयमा सरुवा भएको छ । उनीहरुमा प्यूठानको माण्डवी गाउँपालिका शिशिर रिजाल, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सरावल गाउँपालिका कृष्णप्रसाद ज्ञवाली, पाल्पाको रम्भा गाउँपालिकाका कृष्णप्रसाद ढकाल र पाल्पाकै बगनासकाली गाउँपालिकाबाट विष्णुबहादुर घर्ती रहेका छन् ।

३ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका छन् । उनीहरुमा सल्यानको सिद्धकुमाख गाउँपालिकाका मार्शलकुमार ओली, दाङको बंगलाचुली गाउँपालिकाका विष्णुप्रसाद पाण्डे र जाजरकोटको शिवालय गाउँपालिकाका राजेन्द्रकुमार चन्द रहेका छन् । कास्कीको मादी गाउँपालिकाका नारायणप्रसाद सापकोटा र रोल्पाको लुङग्री गाउँपालिकाबाट बद्रीप्रसाद शर्मा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा कार्यालय मातहतमा सरुवा भएका छन् ।

यस्तै प्यूठानको मल्लरानी गाउँपालिकाका बालकृष्ण थापा, बाराको पसौनी गाउँपालिकाका सुनिलप्रसाद केशरी राष्ट्रिय सतर्कता केन्द्र तथा केन्द्र मातहतका कार्यालयमा सरुवा भएका छन् । सिरहाको बरियापट्टी गाउँपालिकाका रञ्जितजंग अधिकारी र प्यूठानको सरुमारानी गाउँपालिकाका चिन्तामणि रेग्मी सञ्चार मन्त्रालय र त्यस मातहतका निकायमा पुगेका छन् । महोत्तरीको मनराशिसवा नगरपालिकाबाट रणजीतकुमार यादव र मोरङको रंगेली गाउँपालिकामा कार्यरत नवराज कार्की संघीय मामला मन्त्रालय र मातहतमा सरुवा भएका छन् ।

दैलेखको ठाँटीकाँध गाउँपालिकाबाट कमलप्रसाद उपाध्यायको कणरली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । झापाको बाह्रदशी गाउँपालिकाबाट चित्रप्रसाद गुरागाईंको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, मोरङको मिक्लाजुङ गाउँपालिकाबाट माधव घिमिरेको प्रदेश नम्बर १ को प्रदेश प्रमुखको कार्यालयमा, डडेल्धुराको नवदुर्गा गाउँपालिकाबाट सिद्धराज शर्माको युवा तथा खेलकुद मन्त्रालयमा र झापाको गौरीगञ्ज गाउँपालिकाबाट कृष्णबहादुर कार्कीको जिल्ला समन्वय समिति इलाममा सरुवा भएको छ ।

१८ जना नयाँ प्रमुख प्रशासकीय अधिकृत

विभिन्न निकायमा कार्यरत १८ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । गृह मन्त्रालय तथा मन्त्रालयअन्तर्गत कार्यरत ५ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

सो मन्त्रालयमा कार्यरत लोकेन्द्रबहादुर विष्ट डडेल्धुराको नवदुर्गा गाउँपालिकामा, किशोरकुमार रामे सप्तरीको रुपनी गाउँपालिकामा, विजय मुक्तान रामेछामको लिखु तामाकोशी गाउँपालिकामा, जयबहादुर वाइबा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा र कृष्णनन्द जोशी डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।

भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा मन्त्रालयअन्तर्गत कार्यरत ३ जना शाखा अधिकृतलाई पनि विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । उक्त निकायमा कार्यरत सुन्दरप्रसाद श्रेष्ठ पाल्पाको रम्भा गाउँपालिकामा, रेमन्तबहादुर डाँगी रोल्पाको रुन्टीगढी गाउँपालिकामा र खेमराज छिनाल पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।

यस्तै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा कार्यालयअन्तर्गत कार्यरत ३ जना शाखा अधिकृतलाई पनि विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा उक्त कार्यालयमा कार्यरत नेवबहादुर वली दाङको राप्ती गाउँपालिकामा, दुर्गा पौडेल नवलपरासी बर्दघाट सुस्ता पूर्वको सरावल गाउँपालिकामा र शालिकराम पन्थीलाई गुल्मीको मदाने गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।

निर्वाचन आयोग तथा आयोगअन्तर्गत कार्यरत २ जना शाखा अधिकृतलाई पनि विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । उक्त कार्यालयमा कार्यरत ज्ञानुराम पन्थी गुल्मीको धुर्कोट गाउँपालिकामा र निमराज भट्टराई प्यूठानको सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।

अन्य फरक(फरक निकायमा कार्यरत ५ जनालाई पनि विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारी दिइएको छ । जसमा जिल्ला समन्वय समिति प्यूठानका महेश केसी प्यूठानकै मल्लरानी गाउँपालिकामा पुगेका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत गजेन्द्र थपलियालाई झापाको झापा गाउँपालिकामा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामगिर महतोलाई सिरहाको बरियापट्टी गाउँपालिकामा, राष्ट्रिय सर्तकता केन्द्रमा कार्यरत सन्तोष श्रेष्ठलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा र गण्डकी प्रदेशको प्रदेश सचिवालयमा कार्यरत विष्णुप्रसाद पौडेललाई स्याङजाको फेदीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

यो खबर नेपाल प्रेसमा प्रकाशित छ

प्रतिक्रिया दिनुहोस्