नेपाल–चीन दौत्य सम्बन्धको ६७ औं वर्षगाठमा बृक्षारोपण


appharu

१४ श्रावण २०७९, शनिबार १५:५३ मा प्रकाशित

पालिकापत्र,लुम्बिनी । नेपाल–चीन दौत्य सम्बन्धको ६७ औं वर्षगाठको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुद्ध जन्मस्थल लुम्बिनीमा बृक्षारोपण गरेको छ । दुई देशबीचको जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले समाजले लुम्बिनीस्थित सारस आरक्ष क्षेत्रमा बृक्षारोपण गरेको हो । सो अवसरमा
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी,लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान , प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष डा. कपिलदेव लामिछाने लगायतले छिमेकी मित्रराष्ट्र चीनको हरेक महत्वपुर्ण दिवस र अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरु गरकोमा प्रशंसा गरेका थिए । नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले नेपाल–चीन दौत्य सम्बन्धको ६७ औं वर्षगाठको अवसरमा चिनिया राष्ट्रपति र चिनिया जनताप्रति शुभकामना व्यक्त गर्दै चीनले गरेको आर्थिक प्रगति,मेहनत र अनुशासनबाट नेपालले पठ सिक्नुपर्ने बताए । अध्यक्ष सापकोटाले चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्नसके यहांको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने बताए । समाजका महासचिव मनिषकुमार जोशीको सञ्चालन र उपाध्यक्ष गोविन्द प्रसाद रेग्मीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । सन् १९५५ अगस्त १ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापित भएको थियो । दुई देश बीच पञ्चशीलमा आधारित सम्बन्ध रहंदै आएको छ भने नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्