उद्योग ब्यापार संघद्वारा बुटवलका प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई स्वागत


appharu

१६ श्रावण २०७९, सोमबार १२:५९ मा प्रकाशित

पालिकापत्र,बुटवल । उद्योग ब्यापार संघ बुटवलले बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाइृ स्वागत गरेको छ । संघका अध्यक्ष गोबिन्द गैरे नेतृत्वमा बुटवल उपमहानगर कार्यालय पुगेको संघको टोलीले पन्थीलाई उनकै कार्यकक्षमा स्वागत गरेको हो । सो अवसरमा संघका अध्यक्ष गैरेले बुटवलमा क्रियाशील उद्योगी व्यवसायीका प्रमुख ४ वटा संस्थामध्ये आफ्नो संस्था कान्छो भएपनि सामाजिक काम, गतिविधि र उपमहानगरपालिकासंग सहकार्य– सहयोगका हिसाबले समान हैसियतको भएको जानकारी गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत पन्थीले बुटवलमा क्रियाशील सबै व्यवसायिक संघसंस्थालाई समान दृष्टिले हेर्ने र समान व्यवहार गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे, महासचिव पदम जीसी लगायत संघका पदाधिकारी र र्कासमिति सदस्यहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्