नागपञ्चमीको अवसरमा कपिलवस्तुका चार स्थानीय तहद्धारा सार्वजनिक विदा


appharu

१७ श्रावण २०७९, मंगलवार ०९:०७ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु।
नागपञ्चमी पर्वको अवसर पारेका कपिलवस्तुका चार स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

मंगलबार देशभर नागपञ्चमी पर्व मनाईदैं छ । जिल्लाका कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् ।

जिल्लाका दक्षिणी भेगमा रहेका यी नगरपालिका मधेसी समुदायको बाहुल्यता भएका स्थानीय तह हुन् ।

महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले मंगलबार (आज) नाग पञ्चमीको अवसर पारेर पालिकामा सार्वजनिक विदा दिएका हुन् ।

जिल्लाका दक्षिण–पूर्वमा रहेका मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान र शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले विदाको एक सूचना निकालेका छन् ।

हिन्दुधर्मालम्वीको महत्वपूर्ण चाड रहकाले आज विदा दिएको यी पालिकाले सूचना जारी गरि जानकारी दिएका हुन् ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्