लायन्स डिस्ट्रिक्ट ३२५ पीको पदस्थापना र पहिलो क्याबिनेट वैठक साउन २० गते रुपन्देहीमा

१३ सय लायन्स पदाधिकारी र सदस्यहरु जुट्दै


appharu

१८ श्रावण २०७९, बुधबार १९:०४ मा प्रकाशित

पालिकापत्र, बुटवल । हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्यावीनेट पद स्थापना कार्यक्रम रुपन्देहीमा हुने भएको छ । हालै मात्रै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ वि २ बाट लायन्स ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी मा रुपान्तरण भएको डिस्ट्रिक्टको पहिलो पदस्थापना कार्यक्रम रुपन्देहीमा हुन लागेको हो ।

यहि साउन २० गते शुक्रबार मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रमलाई भव्य रुपमा प्रस्तुत गर्नको लागि तयारी समेत तिब्र पारिएको छ । लायन्स एरिया ३ र ४ को आयोजनामा बुटवलमा भएको पत्रकार सम्मेलनमा एरिया चिफ एम एल पाण्डेले डिष्ट्रीक घोषणा भएको ४५ दिन भित्र क्याविन ईन्टल्मेन्ट तथा क्याविनेट मिटिङ्ग गर्नुपर्ने लायन्स अन्तराष्ट्रिय नियम अनुसार कार्यक्रम गर्न लागिएको जानकारी दिए । एरिया ३ का एरिया चिफ तथा कार्यक्रम संयोजक समेत रहेका पाण्डेका कार्यक्रममा सहभागीताका लागि श्रीलंकबाट अन्तराष्ट्रिय डाईरेक्टर महेश पासक्वाल आउने छन् ।

यस्तै कार्यक्रममा सभागीताको लागि पाष्ट ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतान, बालकृष्ण बुर्लाकोटी, खगेन्द्र सिटौला, केशव पाण्डे, मल्टीपल चियर पर्सन केशव पाण्डे, डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, सहितका लायन्सका विभिन्न पदमा नेतृत्व गरिसकेका अर्जुनमान शैजु, पुरुशोत्तमभक्त प्रधानाङ्ग, अरुण प्रताप राणा, शुनिल ओझा, अनुप पहारी, महेन्द्र नारायण श्रेष्ठ, सन्दीप कसौधन, विनोद खरेल लगायतका उच्च पदस्त व्याक्तिहरुको समेत सहभागीता रहने छ ।

लायन्स एरिया ४ का एरिया चिफ माधव खनालका अनुसार कार्यक्रममा विभिन्न १२ वटा स्टल समेत राखिने छ । श्रीलंकाबाट समेत लायन्सहरुको सहभागीता हुने भएकोले नेपाली ढाका कपडाको स्टल सहित नेपाली सस्कृत झल्कीने विभिन्न मठ, मन्दिरहरुको समेत प्रर्दशन गरिने छ । नेपाली मौलीक नाच, थारु, नेवारी कला सस्कृती सहितको नाँच लगायत नेपाली मौलीक परम्परा, पहिचान झल्कीने गरी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेका एरिया ४ चिफ माधव खनालले जानकारी दिए ।

३२५ पि क्लवका रुपन्देही, पाल्पा, कपिलवस्तु सहितका १ सय ८४ वटा क्लवमा ४ हजार ६५ सय ७ जना सदस्य रहेका छन् । कार्यक्रमा १२ सय जना लायन्सहरु थप १ सय जना अन्य गरी करिव १३ सय भन्दा बढिको सहभागीता हुने अपेक्षा गरिएको छ । क्लवको कार्यक्रममा सहभागीताका लागि १५ सय रुपैयाँ दर्ता शुल्क समेत निर्धारण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्