विश्व आदिवासी जनजाति दिवसमा पुस्तक हस्तान्तरण  र कविता प्रतियोगिता


appharu

२१ श्रावण २०७९, शनिबार १७:४९ मा प्रकाशित

पालिकापत्र,बुटवल । २८ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीले पुस्तक हस्तान्तरण र कविता प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तक हस्तान्तरण कार्यक्रममा जनजाति अगुवाहरुले सुस्ताएको आदिवासी जनजाति आन्दोलनलाई फेरि उठाउनुपर्नेमा जोड दिएका छन् । अपुरो र अधुरो संविधानलाई पूर्ण बनाई आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्न आन्दोलनको विकल्प नभएको उनीहरुले बताएका हुन् ।
कार्यक्रममा बोल्ने आदिवासी जनजाति अगुवाहरुले संविधानममा आदिवासी जनजातिका हक अधिकार स्थापित गर्न आन्दोलनलाई पुन: उचाईमा पुराउनुपर्ने बताएका छन् ।
नेवा पुच: नेवा विकास परिषद् रुपन्देही अध्यक्ष काजीमान श्रेष्ठले नेपालका हरेक राजनीतिक परिवर्तनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेपनि संविधानमा अधिकारबाट बन्चित गराउने प्रयास भएकाले आन्दोलनबाट अधिकार स्थापित गर्नुपर्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष शंकर गाहाले संविधान बनेपनि त्यो अपुरो भएकाले पूर्ण बनाउन आन्दोलनको विकल्प नभएको बताउनुभयो ।
कन्चन गाउंपालिकाकी उपाध्यक्ष मौसमी थापाले संविधानमा आदिवासी जनजातिका धेरै माग सम्बोधन हुन हुन बांकी रहेकाले सबै आदिवासी जनजाति एकजुट भएर आन्दोलित हुनुपर्ने बताउनुभयो
विश्व आदिवासी दिवसको अवसरमा महासंघले भूपि स्मृति पुस्तकालय र डम्बर तमु स्मृति अध्ययन केन्द्रलाई पुस्तकहरु हस्तान्तरण गरेको छ । सो कार्यक्रममा कन्चन गाउंपालिकाकी उपाध्यक्ष मौसमी थापा,भूपि स्मृति पुस्तकालयका अध्यक्ष शिवप्रसाद शेरचन,डम्बर डम्बर तमु स्मृति अध्ययन केन्द्रका अध्यक्ष बिके राना,विमला गुरुङ,महासंघका सचिव चित्रलाल तुलाचन लगायतले आआफ्ना भनाई राखेका थिए ।
विश्व आदिवासी दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रुपन्देहीले शनिबार नै कविता प्रतियोगिता सम्पन्न गरेको छ । ९ जनाले भाग लिएका प्रतियोगितामा सुन्दर तरामु प्रथम,चित्रबहादुर सुनारी दोस्रो र हरिकला थापा तेस्रो भएका छन् । विश्व आदिवासी दिवसका दिन अर्थात ९ अगस्त साउन २४ गते महासंघले संघीयतका विषयमा अन्तरक्रिया गर्ने अध्यक्ष शंकर गाहाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्