राधाकृष्ण मन्दिरमा झुला उत्सव


appharu

२४ श्रावण २०७९, मंगलवार १७:५८ मा प्रकाशित

पालिकापत्र,बुटवल ।भगवान श्री कृष्णको पृय महिना साउन मानिन्छ । यही पृय महिनाको द्वादसी तिथि पारेर भगवान कृष्णको झुला उत्सव मनाइएको छ । मंगलवार बुटवलको राधाकृष्ण मन्दिरमा श्रीकृष्णको झुला उत्सव मनाइएको हो ।

यसरी भगवान श्री कृष्णको पृय साउन महिनाको द्वादसी तिथिमा कृष्ण लिला गरेको हुनाले झुला उत्सव मनाउने गरिन्छ । भगवान कृष्णलाई स्मरण गर्दै प्रत्येक वर्ष साउन महिनाको द्वादसी तिथिमा यो उत्सव मनाउने प्रचलन रहेको छ ।
मंगलबार बुटवलमा राधाकृष्ण मन्दिरमा झुला उत्सव मनाइएको हो । उत्सवमा राधा कृष्णलाई झुलामा राखेर भजन कृतन तथा पुजा आराधान गरिएको छ । उत्सवमा भक्तजनहरु हरियो पोशाकमा सजिएका थिए । कार्यक्रममा सुश्री ज्ञानु अर्यालले कथा प्रवचन गर्नुभएको थियो । राधाकृष्ण मन्दिरले श्रीकृष्ण जन्मअष्ठमीको अवसरमा भदौ तिन गते भव्य रुपमा मनाउने तयारी गरिएको मन्दिरका अध्यक्ष अरुण श्रेष्ठले बताउनुभयो ।
श्रीकृष्ण जन्मअष्ठमीको अवसरमा साताव्यापी कार्यक्रम गर्ने तयारी मन्दिर सचिवालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्