रुपन्देहीमा पनि आयो नागरिक उन्मुक्ति पार्टी, अध्यक्ष चौधरीको प्रश्न : थारुहरुको हक र अधिकार मागेर रेशम चौधरीले के गल्ती गरे ?


appharu

२६ श्रावण २०७९, बिहीबार १४:२२ मा प्रकाशित

विमल क्षेत्री/पालिकापत्र । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता चौधरीले रेशम चौधरीले थारुहरुको हक र अधिकार मागेर गल्ती गरेको हो त भनेर प्रश्न गरेकी छन् । पार्टीको रुपन्देही जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नेपालमा १७ हजार नागरीकको हत्यारा र बलात्कार जस्तो अपराध गर्नेहरु खुलेयाम समाजमा हिड्ने गरेको बताउदै आफ्नो हक ,अधिकार र पहिचानको मुद्धा उठाउने रेशम चौधरीलाई बन्दी बनाईनु दुखद् कुरा भएको बताइन् ।

रेशम चौधरीकी श्रीमती समेत रहेकी केन्द्रीय अध्यक्ष चौधरीले सभालाई प्रश्न गर्दै भनिन् , “मेरो श्रीमानले सम्पुर्ण थारुहरुको हक र अधिकार मागेर गल्ती गर्नु भयो ? आफ्नो पहिचान मागेर गल्ती गर्नु भयो ? के आफ्नो हक, अधिकार र पहिचान खोज्नु गलत थियो ? ” । चौधरीले नेपालको कानूनको जातको आधारमा विभेद नगरेको भएपनि राज्य सत्तामा ठुला भन्ने दलहरुले यस्तो विभेद गर्ने गरेको बताईन ।

नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले बर्दियामा बाघको आक्रमणमा पर्ने पनि थारुहरुनै भएको र त्यसबाट जोगिन राज्यसंग न्याय माग्दा उल्टै थारुका छोरीहरु मारिनु दुखद् कुरा भएको बताए । पार्टीले यसरी थारुहरु माथी भैरहेको अन्याय र अत्याचारको विरुद्ध निरन्तर संघर्ष गरिरहेने जानकारी समेत दिए । रेशम चौधरी नेपालको सच्चा देशभक्त नेता भएकोले सरकारले अविलम्ब चौधरीलाई रिहाई गर्नुपर्ने उनले माग गरे ।

सोही अबसर पार्टीका प्रवक्ता दामोदर पण्डितले थारुहरु देशको आदिबासी भएको तर राज्यका अधिकार उपभोगमा भने सधै खुम्चिएर बस्नु पर्ने बाध्यता रहेको औलाए । विगतमा देशको नेतृत्व गर्ने थारु समुदायका साथीहरु अहिले गुलाम भएको बताउदै यस्तो अवस्थाको परिवर्तन गर्न सबै सजग र जागरुक बन्न आवश्यक रहेको बताए ।

रुपन्देहीको जिल्ला अध्यक्ष धनिराम चौधरीले रेशम चौधरी निर्दोष भएको हुँदा सरकारले जेल मुक्त गर्नुपर्ने बताए । यदी सरकारले चौधरीलाई छाड्न आनाकानी गरे पार्टीका कार्यकर्ताहरु अन्दोलनमा उत्रिन बाध्य हुने उनले बताए । जिल्ला अध्यक्ष चौधरीले आफ्नो हक अधिकार, पहिचानको साथै आगामी पुस्ताको भविष्यको लागि पनि रेशम चौधरीको रिहाई जरुरी रहेको बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १०, बेवरामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सय बढि पार्टी प्रवेश गरेको जिल्ला सचिव विजय बहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्