सियारीमा बाइक र स्कुटी ठेक्किंदा तीनजना घाइते


appharu

२७ श्रावण २०७९, शुक्रबार १७:४६ मा प्रकाशित

राजन चौधरी/पालिकापत्र । रुपन्देहीको सियारीको बेथरी– बेल्बास सडक खण्डको कनरी चोकमा मोटरसाइकल र स्कुटी ठोक्किएर दुर्घटना हुंदा तीनजना घाइते भएका छन् । दुर्घटनामा एकजना गम्भीर घाइते र दुई जना मध्यम अवस्थाका घाइते भएका छन् । लु १८ प ३६१६ नम्बरको यामाहाको आर वान ५ मोटर्साइकल र लु ८४ प ९२९७ नम्बरको स्कुटर एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । घाइते हुनेमा २२ वर्षको ममता चौधरीको दाहिने खुट्टा भांंंचिएको छ । उनको अवस्था गम्भीर भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा चालक नरेश चौधरी, विशाल चौधरी र ममता चौधरि हुन् । रक्षा बन्धन बाधेर घर फर्किने क्रममा कार लाई ओभरटेक गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्