पालिकापत्र,बुटवल । उद्योग ब्यापार संघ बुटवलले बुटवलको शिवनगर सामुदायिक वनभित्र रहेको नन्दिनी गौशाला परिसरमा बृक्षारोपण गरेको छ । प्रतेक बर्ष गर्दै आइरहेको बृक्षारोपण कार्यक्रम लाई निरन्तरता दिदै यसपटक नन्दनी गौसालामा बृक्षारोपण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि उधोग ब्यापार संगठन लुम्बिनी प्रदेशका अध्यक्ष खिमनारायण पराजुलीले व्यवसायिक हकहितसंगै सामाजिक काममा पनि संस्था अग्रणी हुनुपर्ने सुझाव दिए । संघका अध्यक्ष गोबिन्द गैरेले बुटवलका अन्य व्यवसायिक संस्थाहरु सरह नै आफ्नो संस्थाले सामाजिक क्षेत्रमा योगदान गरेको र यसलाई अझै बढाउंदै जाने बताए । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष बिष्णु पान्डे ,महासचिव पदम जिसि,कोषाध्यक्ष अन्जु पान्डे लगायत कार्यसमिति का पदाधिकारी र सदस्यहरुको उपस्तिथि रहेको थियो । जनेस पन्थी संयोजक रहेको कार्यक्रमको सन्चालन संघका सचीव यमलाल मरासिनीले गरेका थिए ।