बुटवलको न्यायिक समितिद्वारा ६ वटा विवाद निरुपण


appharu

२९ श्रावण २०७९, आईतवार १८:०० मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले ६ वटा विवाद निरुपण गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि दर्ता भएका २० वटा विवादमध्ये ६ वटा विवाद निरुपण गरेको हो ।
उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालले २० वटा विवाद दर्ता भएकोमा ६ वटा विवाद निरुपण गरेको र १४ वटा प्रक्रियामा रहेको बताउनुभयो ।
न्यायिक समिति संयोजक अर्यालका अनुसार ७ वटा इजलास र २ वटा न्यायिक समितिको बैठक बसेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट २ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।
चालु आर्थिक वर्षमा ३ वटा मुद्दा दर्ता भएका छन् भने एउटा मुद्दाको फैसला भएको र ४ वटा मुद्दा चालु अवस्थामा रहेको संयोजक अर्यालले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट ९ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।
न्यायिक समितिमा सबैभन्दा बढी जग्गा, सार्वजनिक बाटोसम्बन्धी विवाद न्यायिक समितिमा आएका छन् । यस्तै श्रीमान् श्रीमतीबीचको विवादलाई श्रीमतीलाई खानलाउन र बालबच्चालाई शिक्षादिक्षाको व्यवस्था मिलाउने गरी मेलमिलाप गराएको न्यायिक समिति संयोजक अर्यालले जानकारी दिनुभयो ।
संविधानको धारा २१७ अनुसार बनेको न्यायिक समितिले विभिन्न ११ विषयमा मिलापत्र गर्न सक्छ भने मेलमिलापको नीतिले नछुने विषयमा भने सुनुवाई कक्षले निर्णय गर्न सक्ने व्यवस्था छ ।
((((((((

प्रतिक्रिया दिनुहोस्