नेसपा लुम्बिनी अध्यक्षमा उमाशंकर यादव


appharu

३० श्रावण २०७९, सोमबार २०:३६ मा प्रकाशित

पालिकापत्र,बुटवल । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टी (नेसपा) लुम्बिनी प्रदेशको अध्यक्षमा उमाशंकर यादव चयन भएका छन् । सोमबार बुटवलमा सम्पन्न भेलाले यादवको अध्यक्षतामा १५१ सदस्यीय नेपाल समाजबादी पार्टी लुम्बिनी प्रदेश कमिटि गठन गरेको हो । प्रदेश कमिटीको उपाध्यक्षहरूमा धनेश्वरी चौधरी, रहिश शाह, , नारायण नागिला , मन्जु चौधरी , हरि घर्ती , एच आर शर्मा र मुख्य सचिब हिक्मत बि क, सचिब राजेन्द्र जि सि र कोषाध्यक्ष यमुना थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्