काम नगर्ने ठेकेदारविरुद्ध एक्सनमा उत्रिए कान्छा वडाध्यक्ष राना एक्साभेटरमा लगाइदिए ताला


appharu

१ भाद्र २०७९, बुधबार १२:०३ मा प्रकाशित

पालिकापत्र, बुटवल ।

समयमा काम नगरी जनतालाई दुख दिने ठेकेदारविरुद्ध बुटवल उपमहानगरपालिकाका कान्छा वडाध्यक्ष शिव राना एक्सनमा उत्रिएका छन् ।

बुटवलको तामनगर–फर्साटिकर सडक खण्ड अन्तर्गत बुटवल–१५ सेमलारमा कल्भर्ट निर्माणको काम समयमै पूरा नगरेपछि उपमहानगरका प्रवक्ता समेत रहेका वडाध्यक्ष रानाले ठेकेदारको एक्साभेटरमा ताला लगाइदिएका हुन् ।

उक्त सडक खण्डमा चार वटा कल्भर्ट निर्माणका लागि महेश इन्जिनियरिङ सत्यवतीले २ करोड ९९ लाख रुपैयांमा ठेक्का पाएको थियो । प्रदेश सरकारको ३ करोड वजेटमा गएको असार मसान्तसम्म सम्पर्न गर्ने सम्झौता भएपनि ठेकेदारले काम नगर्दा उक्त सडक खण्डमा हिलोमा सवारी साधनहरु फस्ने र आवत जावतमै समस्या भए पछि वडावासीको गुनासो छ ।

वडावासीको गुनासो आएपछि काम छिटो सक्न पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि वाध्य भएर दवाव दिन ताला लगाइदिएको वडाध्यक्ष रानाले बताए ।

डाइभर्सन बनाइदिन भन्दा पनि नबनाएपछि वडाले ३ पटकसम्म गिट्टी हालेर अस्थायी रुपमा आवतजावत गर्न मिल्ने बनाएको वडाध्यक्ष रानाले बताए । उक्त कल्भर्ट असार मसान्तसम्म पूरा गर्ने सम्झौता थियो ।

प्रतिक्रिया दिनुहोस्