रुपन्देही उद्योग संघमा रोजगार सूचना केन्द्र सञ्चालन


appharu

२ भाद्र २०७९, बिहीबार १८:३१ मा प्रकाशित

पालिकापत्र, बुटवल । रोजगार प्रदायक उद्योग प्रतिष्ठान र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने उद्देश्यले रुपन्देही उद्योग संघमा रोजगार सूचना केन्द्र स्थापना भएको छ । प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रोजगार सूचना केन्द्रसंगै यस सम्बन्धी जानकारी दिने वेबसाइट पनि सञ्चालनमा आएको छ ।
रोजगार सूचना केन्द्रमा अनलाइनमार्पmत रोजगारी चाहेका जनशक्तिले आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफुलाई उपयुक्त श्रमशक्ति अनलाइन मार्पmत नै छनौट गर्न सकिने छ ।
केन्द्र र वेबसाइटको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले बिहीबार उद्घाटन गरेका छन् ।
सो अवसरमा मन्त्री शाहीले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै खपत गर्ने वातावरण बनाउने सरकारको नीतिमा रोजगार सूचना केन्द्र सहयोगी बन्ने बताए ।
निजी क्षेत्रसँगको सहकार्यमा उद्यमशीलता र रोजगारी बृद्धि गर्न सकिने भन्दै उनले दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउन उद्योग प्रतिष्ठानहरु लचक हुनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले श्रम शक्तिको सम्मान र उनीहरुको उचित परिचालनले मात्रै उत्पमदकत्व बृद्धि गर्न सकिने बताइन् ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले केन्द्रको स्थापनाले रोजगादाता र श्रम शक्तिवीचको पुलको काम गर्ने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले सिपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा महासचिव हरी बहादुर खत्रीको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको स्वागत तथा द्वितीय उपाध्यक्ष जिवकान्त काफ्लेले धन्यवाद ज्ञापन गर्दै संघका पूर्व अध्यक्ष तेज कुमार पाठक, प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेशका कार्यालय प्रमुख श्री दिपक ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव विजय कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
संघमा स्थापना गरिएको रोजगार सूचना केन्द्रले अनलाइन सफ्टवेयर मार्पmत आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफुलाई उपयुक्त श्रमशक्ति अनलाइन मार्पmत नै छनौट गर्न सकिने व्यवस्था रहेको तथा संघको सचिवालयमा सम्पर्क गरी सुविधा लिन सकिने व्यवस्था रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्