तिलोत्तमामा डेंगु नियन्त्रण अभियान


appharu

२ भाद्र २०७९, बिहीबार १८:५४ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीमा डेंगुका बिरामी बढेसंगै स्थानिय तहहरुले डेंगु नियन्त्रण र रोकथामका अभियान शुरु गरेका छन् ।
यसैक्रममा तिलोत्तमा नगरपालिकाले विहीबार डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखिकरण कार्यक्रम गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वस्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले एजिट एजाप्टाईस जातको पोथि लामखुट्टेको टोकाईबाट डेंगु सर्ने र यो लामखुट्टेले दिउसोमा मात्र टोक्ने बताउनुभयो । लामखुट्टेको टोकाईबाट बच्न सके डेंगु संक्रमण नहुने उहांले बताउनुभयो ।
मोतिपुर स्वास्थ्य केन्द्रका डा. कृष्ण खरालले अहिले डेंगु, कोभिड र सिजनल भाईरल गरि मिल्दोजुल्दो लक्षणका ३ प्रकारका बिरामीहरु देखिएकोले स्वास्थयमा ख्याल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोति पौडेलले नगरका सबै वडाहरुमा डेंगु नियन्त्रणका लागि वडा नं १ देखि १७ सम्मका स्थानिय टोल विकास संस्थाहरु परिचालन गरेर अभियान शुरु गरेको बताउनुभयो ।
फेयरमेट फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा भएको भएको कार्यक्रममा नगर प्रमुख रामकृष्ण खांण, उपप्रमुख जगेश्वरी चौधरी, ईन्द्रेणी ग्रामिण विकास केन्द्रका महेन्द्र पाण्डे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायतले डेंगु नियन्त्रणमा सबैको साथ चाहिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्