मानव धर्म सेवा समाजद्वारा खाद्यान्न र शैक्षिक सामग्री बितरण


appharu

३ भाद्र २०७९, शुक्रबार १८:४९ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाल मानव धर्म सेवा समिति बुटवलको उप शाखा भैरहवा सिद्धार्थ बाल आश्रममा रहेका करिब १७ जना बालबलिकाको लागि खाद्यान्न तथा शैक्षिक सामाग्री बितरण गरेको छ । कृष्ण जन्माष्ट्मि पर्वको अवसरमा भैरहवा शाखा आश्रमले कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा बोल्दै युवा संगठनका संयोजकले युवामा अध्यात्मको आवश्यकता एवम जीवनमा शिक्षाको महत्वबारे प्रकाश पार्नु भएको थियो । भैरहवा शाखा आश्रम अध्यक्षले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनु भयो । मानव धर्मका केन्द्रिय स्वयम् सेवक दलका उप प्रमुख कबिन्द्रमान श्रेष्ठले अध्यात्मिक जीवन शैलीले नै परिवर्तन , समाज सेवा हुने बताउनु भयो । सिद्धार्थ बाल आश्रमकि संस्थापक एवम संरक्षक कृष्ण माया गुरुङले मानव धर्म परिवार लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । मानव धर्म सेवा समितिका अध्यक्षले मानव धर्मले धेरै सामजिक कार्यहरु गर्दै आएको र बाल आश्रमलाई सहयोग गर्न पाउँदा खुसी ब्यक्त गर्नु भएको थियो । अध्यक्षता गर्नु भएको सन्त महात्मा गोबर्धन बाईजीले कार्यक्रम समापन गर्नु भएको थियो । उक्त कार्यक्रम केन्द्रिय युवा संगठनका सह संयोजक भिम गुरुङ्ग ले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्