देउवाबाट कांग्रेस उभो लाग्दैन : कांग्रेस युवा नेता पौडेल


appharu

१० भाद्र २०७९, शुक्रबार ०७:५२ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाली कांग्रेसका युवा नेता गोकर्ण पौड्यालले अहिलेको कांग्रेस सभापति र प्रधानमन्त्री शेरबहादुर देउवा लगायत बृद्ध नेताहरुबाट कांग्रेस र मुलुक उभो नलाग्ने बताएका छन् । काग्रेसमा निडर युवा नेतृत्वको आवश्यकता छ जस्ले भविष्यका निम्ति काम गरोस तर हामि सँग दात खुस्केका ,कान नसुन्ने , रियाल चुहाउने,आफु राम्रो गरी नबोल्ने र अरुले बोलेको नसुन्ने नेतृत्व नेता , सभापति र प्रधानमन्त्री छन् भन्ने उल्लेख गर्दै पौडेलले यस्तो नेतृत्वबाट कांग्रेस उभो नलाग्ने तर्क गरेका छन् ।काठमाडौंका मेयर बालेन र पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रशंसा गर्दै पौडेलले कांग्रेसमा युवा नेतृत्वको आवश्यकतामा जोड दिएका छन् ।
सामाजिक सञ्जालमा पौडेलले यस्तो लेखेका छन् –

मेयर वालेनले यति कमाल गर्न सक्छन् । आश्चर्य । हिजो बाबुरामले आँट गरी सुरुवात गर्दा भडुवा भनियो। आज बालेनले बाबुरामको कामलाई बैज्ञानिक निरन्तरता दिएका छन्। काठमाडौंको गैर न्यायिक अनाधिकृत वस्तीको जग मात्र होइन प्रधानमन्त्री, मन्त्री र यहाँका परम्परावादी नेताहरुको समेत जग हल्लाउँदै नक्शा हातमा लियर वालेन डोजर माथि उभियर आजको युग सुहाउदो काठमाडौंका निम्ति जे जस्तो भोग्न तैयार छन्।‌‌ ५० वर्ष अगाडिको असमान मापदण्ड तोडेर आउने ५० बर्षका लागि कामगर्ने गुरु योजना चानचुने होइन। काग्रेसमा निडर युवा नेतृत्वको आवश्यकता छ जस्ले भविष्यका निम्ति काम गरोस तर हामि सँग दात खुस्केका ,कान नसुन्ने , रियाल चुहाउने,आफु राम्रो गरी नबोल्ने र अरुले बोलेको नसुन्ने नेतृत्व नेता , सभापति र प्रधानमन्त्री छन् । कसरी उभो लाग्ला काङ्ग्रेस ? परम्परावादी सोच र चिन्तनलाई विदा नगरेसम्म मुलुक वन्दैन । मँसिर ४ गतेका निम्ति एमाले माओवादी लगायतका एन्टिकास्ट कम्युनिष्ट सँग होइन अव बालेन नाँउ सँग जोडिएको स्वतन्त्र परिवर्तनकारी जमात सँग नेपाली कांग्रेस भिड्नु पर्ने छ। नेपाली कांग्रेसलाइ उपरोक्त दर्जा र हैसियतका लागि आजको पुस्तौनि नेतृत्व वाधक छ। नेपाली कांग्रेसको दोश्रो पुस्ताका युवा नेताहरुले परम्परा मात्र होइन अविश्वसनीय नेतृत्वको मर्यादा समेत तोडेर टिकट बाँडफाँड देखि निर्वाचन व्यवस्थापन गर्ने आँट गरेनन् भने भोलिको पुस्ताले धिक्कार्ने छ। मँसिर चार गते पछि पुरानो घाउ कोट्याएर ‌नयाँ मलम लगाउन नपरोस् ।

प्रतिक्रिया दिनुहोस्