शाइन रेसुंगा बैंकद्वारा नवीन औद्योगिक माविका विद्यार्थीलाई वित्तीय साक्षरता


appharu

१० भाद्र २०७९, शुक्रबार १३:२७ मा प्रकाशित

पालिकापत्र,बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविका विद्यार्थीलाई वितीय साक्षरता प्रदान गरेको छ ।

विद्यालयका व्यवस्थापन संकायका प्लस टु का विद्यार्थीलाई लक्षित गरी बैंकले वितीय साक्षरता प्रदान गरेको हो ।

उक्त कार्यक्रममा शाइन रेसुंगा डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयका डिजिटल बैकिङ अफिसर नारायण न्यौपाने र अन्जली केसीले विद्यार्थीहरुलाई डिजिटल बैकिङ कारोबार र यसका फाइदाहरु जानकारी गराउंदै वित्तीय साक्षरताका विविध पक्षबारे जानकारी गराएका छन् ।

डिजिटल बैकिङ कारोबार गर्दा बैंकमा पुगेर लाइन बस्नुनपर्ने हुंदा समयको वचत, रकम बोकेर हिंड्दा हुनसक्ने चोरी डकैतीको समस्या नहुने र घर अफिसमै बसेर धेरैजसो बैंकिङ कारोबार गर्न सकिने जस्ता फाइदा हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेत, विद्यालयका प्लस टु इन्चार्ज अर्जुन खनालले सूचना प्रविधिको युगमा डिजिटल बैकिङ र वित्तीय साक्षरताबारे विशेष गरी विद्यार्थीलाई जानकारी गराउन आवश्यक रहेको बताए ।

कार्यक्रममा डिजिटल बैकिण्बारे क्वीज प्रतियोगिता समेत गरी विजयी विद्यार्थीलाई उपहार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा २०० जना भन्दा धेरै छात्र छात्राको सहभागिता रहेको बैंककी कर्मचारी सनम पन्थीको भनाई छ ।
लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय र प्रदेशमा सबैभन्दा धेरै शाखा सञ्जाल भएको राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंकले विगत वर्षदेखि नै डिजिटल बैकिङ कारोबार र वित्तीय साक्षरतालाई प्राथमिकताका साथ प्रवद्र्धन गर्दै आएको बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्