फेवा सहकारीले एमविविएस पढ्नेलाई एकलाख छात्रवृत्ति दिने


appharu

१० भाद्र २०७९, शुक्रबार १६:४४ मा प्रकाशित

पालिकापत्र, बुटवल । फेवा बचत तथा ऋण सहकारी संस्था लि.बुटवल–६,रुपन्देहीले एमविविएस अध्ययनका लागि एक लाख रुपैयां छात्रवृत्ति दिने कार्यक्रम अगाडि सारेको छ । सहकारीले आधारभुत कक्षादेखि सरकारी विद्यालयमा पढेका विपन्न वर्गलाई लक्षित गरी उक्त छात्रवृत्ति कार्यक्रम अगाडि सारेको हो । सहकारीले सामाजिक उत्तरदायित्व अघि सारेको यो कार्यक्रम साधारण सभाबाट पारित गरेपछि कार्यक्रम अगाडि बढ्ने अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो । सहकारीको १४ औं साधारण सभा भदौ ३१ गते बुटवल–११ देबिनगरस्थित भूपूसैनिक कल्याण क्लवको प्राङगणमा गर्ने तयारी छ । सहकारीले छोरी सम्मान कार्यक्रम,घर–जग्गा निर्माण कोष स्थापना लगायतका शेयर सदस्य लाभान्वित हुने कार्यक्रम पनि अगाडि सारिएको व्यवस्थापक लिलबहादुर गुरुङले जानकारी दिनुभयो । संस्थाले यसअघि शेयर सदस्यलाई लखपति,करोडपति योजना अगाडि सार्दै सहकारीको कारोबारलाई मोबाइल बैंिकङमा लगिएको थियो । सहकारीले साधारण सभा सम्पन्न गर्न अध्यक्ष प्रेमबहादुर गुरुङको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्