तमुस्यो हयुला छोंज धिंको अध्यक्षमा जुन माया


appharu

१० भाद्र २०७९, शुक्रबार १७:०१ मा प्रकाशित

पालिकापत्र,बुटवल । तमुस्यो हयुला छोज धि रुपन्देहीको २४औ साधारण सभा तथा ८औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन: जुन माया तमुको अध्यक्षता नयां कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा कौसरि तमु, उपाध्यक्ष शान्ति तमु सचिव बबिता तमु कोषाध्यक्ष संगीता तमु निर्वाचित भएका छन् । अधिवेशनको प्रमुख अतिथी पूर्व केंद्रीय अध्यक्ष माया तमु र तमु ह्युल छोंज धि रुपन्देहीका सचिव ओम प्रकाश तमुको संयोजकत्वमा गठित निर्वाचन मण्डलले नयां कार्यसमिति चयन गरेको हो । कार्यक्रममा बाल नरसिंह तमु, क्या टेक बहादुर तमु, बिमला तमु लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा देवदह, भैरहवा तिलोत्तमा, सैनमैना, सियारी, कंचन गाऊँपालिकाबाट सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्