१० घटनामा कतिको मृत्यु, कति पक्राउ ?


appharu

१५ भाद्र २०७९, बुधबार १३:२८ मा प्रकाशित

पालिकापत्र, बुटवल । देशका विभिन्न स्थानमा भएका १० घटनामा कतिको मृत्यु र कति जना क्रिाउ परे भन्ने विवरण यहां प्रस्तुत गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका(१० पटानटोल बस्ने २० वर्षीय रोशन जिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय ओम प्रकाश सुनार लगायत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुनार समेतका व्यक्तिहरुले कुटपिट गर्दा घाइते भएका रोशनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पोखरा महानगरपालिका(१० रक्षा मार्गस्थित न्यू कृपा होटलबाट २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद १० हजार रुपैयाँ सहित धादिङ गल्छी गाउँपालिका(३ बस्ने २२ वर्षीय प्रविन खतिवडा समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गल्छी गाउँपालिका(७ बुद्धपार्कस्थित सडकमा बागमती प्रदेश ०३(०२(०११ प ५३२७ नम्बरको स्कुटर र ग।१ ख ३४३६ नम्बरको माईक्रो एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही गाउँपालिका(६ बस्ने १८ वर्षीय सविन रिजालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा पठाइएको छ । 
प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

धनौजी गाउँपालिका(५ बहुअर्वास्थित घरमा आल्मुनियमको झ्याल ढोका बनाउने क्रममा करेन्ट लागेर पर्सा गढी नगरपालिका(२ बस्ने २० वर्षीय अरूण चौधरीको मंगलबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका(१३ चुनिखेलस्थित बबरकोट स्नोकर कर्नर सेकुवामा काम गरी बस्ने २९ वर्षीय प्रताप तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका(७ थानकोट पल्तेन भन्ने स्थानमा सिन्धुपाल्चोक चौतारा नगरपालिका(८ घर भई काठमाडौं कलंकी बस्ने ३३ वर्षीय संजय लामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, बागचौर नगरपालिका(४ लौराबाङ बस्ने ७२ वर्षीय हरि बहादुर पुन सोही नगरपालिका(५ नाउलस्थित शारदा नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
पर्वत,  पैयुँ गाउँपालिका(३ अर्थुङस्थित खोचमा सोही गाउँपालिका(३ डाथोक बस्ने ७६ वर्षीय नेत्र प्रसाद बसेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
कैलाली, मोहन्याल गाउँपालिका(६ तिउली खोलास्थित कर्णाली नदीको किनारामा सुर्खेत चौकुने गाउँपालिका(३ बस्ने ३५ वर्षीय टेक बहादुर नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
अछाम, पञ्चदेवल विनायक नगरपालिका(२ विनायकस्थित सडकको किनारामा सोही ठाउँ बस्ने २५ वर्षीय बम बहादुर धामी मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका(६ अंडिपट्टी बस्ने बलराम मंडलको घरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा उक्त आगो बस्तीमा समेत फैलिएर मण्डल समेत ४ जनाको घरहरू पूर्णरूपमा जलेर करिब २५ लाख १९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

चामलको कालोबजारी गरेको अभियोगमा गौर नगरपालिका(१ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
राजेन्द्रले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्ने क्रममा ३ सय ४२ बोरा लोकल चामल, १ सय २० थान खाली बोराहरू र १ थान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको हो । 
उक्त पसल सिलबन्दी गर्नुका साथै उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।
कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २ सय ९ बोरा मलखाद सहित कलैया उपमहानगरपालिका(२३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषी सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
उक्त सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि नेपाल सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त सहकारी संस्था तलासी गर्दा डिएपी मल १ सय १८ बोरा र खुल्ला २७ किलोग्राम, युरीया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम, पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम र खेती शक्ति मल लेखिएको फसफेट १ बोरा फेला पारी उनलाई पक्राउ गरेको हो । 
उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ । 

टोखा नगरपालिका(९ गोगंबुस्थित शिवमन्दिर नजिकबाट दुर्लभ वन्यजन्तु सालकको २ किलो ५ सय ग्राम खपेटा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर चौडन्डिगढी नगरपालिका(८ घर भई काठमाडौं रानीवन बस्ने ३२ वर्षीय तुल बहादुर मगर र काभ्रे घर भई काठमाडौं स्वयम्भू बस्ने ४१ वर्षीय टासी तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

क्वहोलासोथार गाउँपालिका(९ साल्मेभञ्याङबाट २ नाल भरुवा बन्दुक सहित सोही गाउँपालिका(८ बस्ने २७ वर्षीय यम बहादुर राना मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्