मानव टोल विकास संस्थामा नयां नेतृत्व


पालिका पत्र

१८ भाद्र २०७९, शनिबार १७:४५ मा प्रकाशित

पालिकापत्र, बुटवल । मानव टोल विकास संस्था बुटवल–१० रामनगरको १४ औं साधारणसभा तथा पांचौं अधिवेशनले नयां नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले नन छन्त्याल अध्यक्ष रहेको नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा दिलिपकुमार सुनार, सचिवमा कमला बोहोरा, कोषाध्यक्षमा भिमसेन थापा, सहसचिवमा भोजराज अधिकारी चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा उषा भट्टराई, इन्द्रध्वज मल्ल,कृष्ण देवकोटा,दुर्गा देवकोटा,विशाल काउचा र गोमा ज्ञवाली चयन भएका छन् ।

अधिवेशन उद्घाटनका अवसरमा बोल्दै बुटवल–१० का वडाध्यक्ष बलबहादुर पुनले वडाले फाहोर व्यवस्थापन,सीपमुलक तालिम सहित केही ठूला परियोजनाहरु अघि बढाउन खोजेको बताउंदै सबै टोल विकास संस्थाको सहयोग र सहकार्यको अपेक्षा गरे । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष बसन्त गौचनले वडामा रहेको कम्पोस्ट मल प्रशोधन केन्द्र बन्द गर्ने नभई टोल विकास संस्थाको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाकी निवर्तमान अध्यक्ष एवं वडा सदस्य यमुना काउचा,रामनगर क्षेत्र विकास समिति अध्यक्ष जेबी गुरुङ, रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमाल,इन्द्रध्वज मल्ल,छत्रबहादुर गुरुङ,थामप्रसाद श्रेष्ठ,टंककुमार खड्का लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा २घ वर्षसम्म संस्थाको नेतृत्व गरेकी यमुना काउचा,वडाबाट निर्वाचित जनप्रतिनिधि र ७० वर्षमाथिका २ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । दिलिप सुनारको स्वागत र सचिव नन छन्त्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । २०५७ सालमा ३५ जना सदस्यबाट शुरु भएको संस्था अहिले ९२ जना घरधुरीका १५० जना आवद्ध रहेका र ९० लाख २५ हजार रुपैयां वचत गरेको संस्थाका कार्यवाहक अध्यक्ष गौचनले बताए ।

प्रतिक्रिया दिनुहोस्