तिलोत्तमाका आमा समूहलाई बित्तिय साक्षरता


appharu

२० भाद्र २०७९, सोमबार १८:२८ मा प्रकाशित

पालिकापत्र,बुटवल । तिलोत्तमा नगरपालिका–३ को आमा समुहलाई शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ । तिलोत्तमा ३ को नमुना आमा समुहका महिलाहरुका लागि डिजिटल बैकिङ र वित्तीय साक्षरता सम्बन्धी ८० जना भन्दा बढी महिलाहरुलाई प्रशिक्षण प्रदान गरिएको शाईन रेसुङगा डेभलपमेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालल जानाकारी दिइन् ।
साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने र अञ्जली केसीले आमा समुहलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानकारी दिएका शंकरनगर शाखाकी कर्जा प्रमुख किरण ज्ञवालीले जानकारी दिए ।
सुचना प्रबिधिको युगमा डिजिटल बैंकिङ र बित्तिय साक्षरता बारे विशेष गरी महिला दिदी बहिनीलाई पनि जानकारी गराउन आबश्यक रहेकाले कार्यक्रममा सहभागि भएको र तालिम फलदायी भएको आमा समूहकी अध्यक्ष भगवती फुल्लेलले जानकारी दिइन् । कार्यक्रममा क्वीज प्रतियोगिता गरी विजयीलाई उपहार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्