जसपा नेता पूर्व पालिका अध्यक्ष केवट एमाले प्रवेश


appharu

२२ भाद्र २०७९, बुधबार १७:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल। गैडहवा गाउपालिकाका निवर्तमान अध्यक्ष एवं जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य बच्चुलाल केवट एमाले प्रवेश गरेका छन् ।

केवट २०७४ सालको स्थानीय निर्वाचनमा गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

केवट बुधबार बुटवलमा आयोजित एमालेको प्रदेशस्तरीय वैठकमा एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए । उनलाई एमाले सचिव छविलाल विश्वकर्मा र पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी केवटमा जसपा नेतृत्व जातीवाद र क्षेत्रीय राजनीति भन्दा माथि उठ्न नसकेकाले उक्त पार्टीको भविष्य नदेखेर एमाले प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्