माओवादी जिल्ला इन्चार्जले लेखे : महंगो चुनाव लड्ने सामर्थ्य छैन, उम्मेदवार नबनाऊ


appharu

२३ भाद्र २०७९, बिहीबार १३:१५ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेकपा माओवादी केन्द्र कपिलवस्तुका इन्चार्ज कमल चुदाली पौडेलले आफूलाई आउंदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरुलाई अनुरोध गरेका छन् । निर्वाचन प्रणाली खर्चिलो भएको र आफू उम्मेदवार भएर खर्च गर्ने आर्थिक सामथ्र्य नभएकाले प्रत्यक्ष र समानुपातिक कतैपनि सिफारिस नगर्न उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर अपील गरेका हुन् । कपिलवस्तु क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्यमा उनको नाम पनि प्रस्ताव भएपछि उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले खर्चिलो निर्वाचन प्रणालीमा परिवर्तन नभएसम्म आफू उम्मेदवार नहुने समेत बताएका छन् । यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउन्जेल चुनाव मेरो लागी असम्भव छ,सरी–उनले लेखेका छन् । ‘विशुद्ध राजनीति मात्रै गर्नेले अब चुनाव जित्न सक्दैनन्, जसले करोड वा लाखौं खर्च गर्नसक्छ उनैले जित्छन्’–चुदालीले भने–‘अबको चुनाव कि त ठेकेदार वा उनीहरुको नियन्त्रणमा रहेका नेताले मात्रै जित्ने अवस्था छ ।’ समानुपातिक उम्मेदवार चयन पनि समानुपातिकको मर्म र भावना विपरित धनाढ्य, पहुंचवाला र नेताका निकटहरु प्राथमिकतामा पर्ने परिपाटी रहेकाले यसलाई पनि परिमार्जन गर्नुपर्ने खांचो रहेको उनले औंल्याएका छन् । प्रमुख दलहरुले अर्को चुनावसम्म निर्वाचन प्रणालीमा सुधार नगरेर यही प्रणाली रहे दलहरुप्रति वितृष्णा बढ्ने र स्वतन्त्रहरुको वाहुल्यता हुने उनको आंकलन छ ।
चुदालीले यस्तो लेखेका छन् –
सबैलाई नमस्कार
चुनाव आयो चहलपहल बढ्दैछ । सिफारिसको अनुहार प्रति सबैको ध्यानाकषिर्त भइरहेको छ । मैले दश औंला जोडेर मेरो भनाइ दोहोर्याचएर राख्दछु , चुनावमा उठ्ने आर्थिक सामर्थ्य म राख्दैन कि यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउ।न्जेल चुनाव मेरोलागी असम्भव छ । सरी भन्दछु मेरो नाम प्रत्यक्ष वा समानुपातिक उम्मेद्बारीमा सिफारिस नगरिदिनुहुन पार्टी पङ्तिमा हार्दिक अनुरोध गर्दछु । सद्भावनामा कृतज्ञता जनाउछु ।

प्रतिक्रिया दिनुहोस्