लायन्स सिर्जनशीलद्वारा रक्तदान र भोजनदान


appharu

२५ भाद्र २०७९, शनिबार १७:४१ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशीलले रक्तदान र भोजनदान गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत क्लबले बेलबास क्षेत्रका ३० जना दृष्टिविहीनलाई खाना खुवाएर भोजनदान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका डिस्ट्रिक्ट सेक्रेटरी सन्दिप कसौधन, एरिया चिफ माधव खनाल,जोन चेयर पर्सन गुनाखर भण्डारी,विमला गैरे,क्लबकी पुर्व अध्यक्ष मन्जु भट्टराई घिमिरे,सीता पौडेल, बेदप्रसाद गैरे लगायतले महिलाहरु मात्र आवद्ध क्लबले उदाहरणीय काम गरेको भन्दै सराहना गरेका थिए । उक्त कार्यक्रम पवित्रा पौडेलको सञ्चालन र कल्पना भण्डारीको स्वागतमा भएको थियो । यस्तै क्लबले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका प्रथम भाइस गभर्नर अर्जुनमान सैंजूको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य र अन्य गरी ४० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक लक्ष्मी घिमिरेले बताइन् । पछिल्लो समय अस्पतालमा डेंगुका विरामी बढेका र उनीहरुलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम गरिएको क्लबकी उपाध्यक्ष कल्पना भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्