सतपालजी महाराजको जन्मदिनमा १०२ जनाले गरे रक्तदान


appharu

२५ भाद्र २०७९, शनिबार २१:१३ मा प्रकाशित

पालिकापत्र,बुटवल । मानव धर्मका प्रणेता सद्गुरुदेव सतपालजी महाराजको जन्मोत्सवको अवसरमा बुटवलमा रक्तदान भएको छ । रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन । प्रत्येक बर्ष महाराजको जन्मोत्सवमा हुने रक्तदानमा उल्लेख्य रक्तदाता उपस्थित हुने गरेका छन । कार्यक्रमको अध्यक्षता नेपाल मानव धर्म सेवा समिति हंसयोग आश्रमकी प्रमुख महात्मा अम्बिका बाईजीले गर्नु भएको थियो। कार्यक्रममा समितिका अध्यक्ष चोपनारायण बन्जाडेले स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाको परिचय सहितको मन्त्यव्य संस्थाका पुर्व अध्यक्ष चेतनारायण गौतमले राख्नु भयो । महात्मा मन्जुला बाईजी, महात्मा गोर्वधन बाईजी ले सद्गुरुदेव सतपालजी महाराजको सु स्वास्थ्य दिर्घायुको कामना सहित अध्यात्मले नै समाज, देश हुदै विश्व शान्तिको सम्भावना रहेको बताउनु भयो । कार्यक्रमको अतिथि विश्व हिन्दु महासंघका केन्द्रिय आमन्त्रीत सदस्य एवम् विश्व हिन्दु युवा संघ रुपन्देहीका अध्यक्ष शिव मल्लले महाराजको सु–स्वास्थ्य को कामना गरेका थिए । कार्यक्रको सञ्चालन मानव धर्म युवा संगठनका केन्द्रिय उप–संयोजक भिम गुरुङ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्