शाइन रेसुंगा बैंकद्वारा तिलोत्तमा क्याम्पसमा वित्तिय साक्षरता


appharu

३१ भाद्र २०७९, शुक्रबार १६:२९ मा प्रकाशित

पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले तिलोत्तमाको तिलोत्तमा क्याम्पसका विद्यार्थीहरुलाई डिजिटल बैंकिङ सम्बन्धी वित्तिय साक्षरता प्रदान गरेको छ ।
व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनकै क्रममा बैंकिङ सम्बन्धि साक्षरता प्रदान गर्दा दक्ष जनशक्ति उत्पादन हुने भएकोले विद्यार्थी लक्षित कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
सूचना प्रविधिको तीब्र विकाससंगै यसको प्रयोगलाई बैकिङ कारोबारसंग जोडेर समयको वचत, सुरक्षित र छिटो छरितो सेवा लिन बैंकले डिजिटल बैकिङ वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ ।
कार्यक्रममा बैंकका डिजिटल बैंकिङ अफिसर नारायण न्यौपाने र कर्पोरेट शाखाका सनम पन्थीले डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा जानकारी दिएका थिए ।
डिजिटल बैंकिङ कारोबार सम्बन्धी वित्तीय साक्षरताको अभावमा बैंकका सेवाग्राहीहरुले असुरक्षित आर्थिक कारोबार गर्नु परेको र वित्तीय क्षेत्रमा सबैको पहुंच समेत पुग्न नसकेको भन्दै बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ ।
कार्यक्रममा डिजिटल बैंकिङ कारोबार सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता गरी विजयीलाई बैंका तर्फबाट उपहार प्रदान गरिएको थियो । करिब सय जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा तिलोत्तमा क्याम्पसका भाइस प्रिन्सिपल मुकुन्दराज आचार्य र राजेन्द्रकुमार क्षेत्रीले बैंकले प्रदान गरेको वित्तीय साक्षरताले विद्यार्थीहरु लाभान्वित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्