उद्योग ब्यापार संघ बुटवल सम्मानित


appharu

१ आश्विन २०७९, शनिबार ०९:४७ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाल उद्योग ब्यापार महासंघले उद्योग ब्यापार संघ बुटवललाई सम्मान गरेको छ । महासंघको महाधिवेशनका अवसरमा देशभरका शाखा मध्ये उत्कृष्ट काम गरेको भन्दै संघलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्द गैरेलाई सम्मानपत्र प्रदान गरेका थिए । संघले देशभरमै पहिला संस्थाको नाम नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनलाई परिवर्तन गरी उद्योग ब्यापार संघ बनाएको थियो । अहिले महासंघको नाम पनि यही अनुसार भएको छ । संघले निरन्तर औद्योगिक ब्यापार मेला सफलतापुर्वक सम्पन्न गरेको र सदस्य पनि धेरै बनाएकाले सम्मानित भएको अध्यक्ष गैरेले बताए । महाधिवेशनले खेम भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । महासंघको महासचिवमा उद्योग ब्यापार संघ बुटवलका संस्थापक अध्यक्ष खिमनारायण पराजुली चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्