नागरिकता विधेयक प्रमाणिकरण भएन, राष्ट्रपतिको पक्ष र विपक्षमा टिका–टिप्पणी


appharu

५ आश्विन २०७९, बुधबार ०८:४६ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । मंगलबार राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।

नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि राष्ट्रपतिको पक्ष र विपक्षमा टिकाटिप्पणी शुरु भएका छन् । धेरैले संविधान भन्दा माथि देश हुने भन्दै विधेयक प्रमाणिकरण नगरेर देशलाई फिजि र सिक्किम हुनबाट जोगाएको भन्दै राष्ट्रपतिको पक्षमा मत जाहेर गरेका छन् भने केहीले संविधान उल्लंघन भयो भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्