बोधी भिल्लामा दुई दिने फुड फेस्टिबल, नि:शुल्क प्रवेश, नि:शुल्क खाना प्रतियोगिता, पिङ र चंगा प्रतियोगिता


appharu

६ आश्विन २०७९, बिहीबार १६:१५ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपालीहरुको महान चाड बडा दशैंको पुर्व सन्ध्यामा रुपन्देहीको मंगलापुरस्थित बोधी भिल्ला रिसोर्टले दुईदिने फुड फेस्टिबल सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीको असरले थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन तथा नेपाली मौलिक संस्कृति संरक्षण संगै नेपाली खानाका परिकारहरुको प्रवद्र्धनका लागि फुड फेस्टिबल गर्न लागिएको हो ।
बडा दशैंको पुर्व सन्ध्यामा रुपन्देहीको मंगलापुरस्थित बोधी भिल्ला रिसोर्टले दुईदिने फुड फेस्टिबल सञ्चालन गर्ने भएको छ ।
रिसोर्टको आफ्नै खुल्ला मैदानमा असोज ७ र ८ गते सांगितिक मनोरन्जनसहित फुड फेस्टिबल गर्न लागिएको रिसोर्टले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
निशुल्करुपमा प्रवेश पाइने फेस्टिबलमा खानाका परिकारका १० वटा स्टल रहने छन् । यस्तै पहाडी क्षेत्रमा पाइने पिङ, चंगा उडाउने प्रतियोगिता, खाना खाने प्रतियोगिता, लाइभ म्युजिक,अर्गानिक मम, घोंगी लगायत आकर्षण रहने रिसोर्टका कार्यकारी सेफ यादव पराजुलीले जानकारी दिनुभयो । फेस्टिबलमा खानाका परिकारमा कम्तीमा १० प्रतिशत छुट दिइने उहाले जानकारी दिनुभयो ।
रिसोर्टका मानव संसाधन विभाग प्रमुख हेमराज वस्तीले पुरानो दशैं पर्वको मौलिकता जोगाइराख्न तथा संस्कृति संरक्षणका लागि फुड फेस्टिबल गर्न लागेको बताउनुभयो ।
३ बिघा क्षेत्रफलमा ७ करोड लगानीमा सञ्चालित बोधी भिल्लामा ५५ जनाले प्रतयक्ष रोजगारी पाएका छन् । कोरोना महामारीको असर, चर्को बैंक ब्याज दरले थला परेको पर्यटन व्यवसायलाई गुल्जार बनाउन स्थानीय र प्रदेश सरकारको पनि धयान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्