निक्षेपको ब्याज दर घटाउन उद्योगी व्यवसायीको माग


appharu

६ आश्विन २०७९, बिहीबार १९:२३ मा प्रकाशित

पालिकापत्र, बुटवल । बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर घटाउन माग गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनीले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बैंकहरुले अव्यवहारिक र अस्वभाविक रुपमा निक्षेपको ब्याज बढाउंदा त्यसले बैंकको आधार दर बढ्न गई कर्जाको ब्याज समेत उच्च हुने भन्दै महासंघले घटाउन माग गरेको हो ।
चर्को ब्याज दर बृद्धिले उद्योग तथा व्यवसाय बन्द गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको महासंघले जनाएको छ । ‘बैंकहरुले अव्यवहारिक र अस्वभाविक रुपमा निक्षेपको व्याज बढाउदा त्यसले बैंकको आधार दर बढ्न गई कर्जाको व्याजसमेत उच्च हुने र त्यसले नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता घट्न गई मुलुकमा हाल सञ्चालनमा रहेका उद्योग व्यवसाय धरासायी भई लाखांैको संख्यामा बेरोजगारी सिर्जना हुने र यसको कारण उद्योग व्यवसाय तथा वित्तीय संस्थाहरु एकसाथ धरासायी भई आयातमा उच्च वृद्धि हुँदै सिङ्गो राष्ट्र नै आर्थिक सङ्कटको भुमरीमा पर्ने देखिएको छ’– ज्ञापनपत्रमा भनिएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेश नेपालका अध्यक्ष माधव प्रसाद नेपालले बताए । बैंकहरुले अव्यवहारिक र अस्वभाविक रुपमा निक्षेपको व्याज बढाउदा त्यसले बैंकको आधार दर बढ्न गई कर्जाको व्याजसमेत उच्च हुने र त्यसले नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता घट्न गई मुलुकमा हाल सञ्चालनमा रहेका उद्योग व्यवसाय धरासायी भई लाखौको संख्यामा बेरोजगारी सिर्जना हुने बताउदै उनले यस्को कारण उद्योग व्यवसाय तथा वित्तीय संस्थाहरु एकसाथ धरासायी भई आयातमा उच्च वृद्धि हुँदै सिङ्गो राष्ट्र नै आर्थिक सङ्कटको भुमरीमा पर्ने देखिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव र त्यसको समाधानको बाहानामा उच्च ब्याजदर वृद्धिले आम उद्योगी व्यवसायीहरुमा समस्या पर्न गएको छ । उद्योग तथा व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष माधवप्रसाद नेपाल र महासंघका केन्द्रीय सचिव एवम् जिल्ला अध्यक्ष बालाराम भट्टराईसहितको उद्योगी व्यवसायीको टोलीले राष्ट्र बैंकका सिद्धार्थनगर शाखा प्रमुख मार्फत नेपाल सरकारलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्