किन आत्महत्या गरे कलाकार राजु महोत्राले ?


appharu

७ आश्विन २०७९, शुक्रबार ०९:३२ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलका कलाकार राजु महोत्राले झुण्डिएर आत्महत्या गरेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएर आत्महत्या गरेका हुन् । अन्दाजी ३५ वर्षिय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसंग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शब पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासंगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए । आत्महत्याको कारण खुलिनसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्