देवदह नगरपालिकामा खुल्यो स्वास्थ्यकर्मीलाई जागिर


appharu

७ आश्विन २०७९, शुक्रबार १४:४५ मा प्रकाशित

पालिकापत्र,देवदह, देवदह नगरपालिकाले स्टाफ नर्ससहित ६ जना कर्मचारीको आवेदन मागेको छ । नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थामा करारमा नियुक्त गर्ने गरी दुईजना स्टाफ नर्स,एकजना ल्याब टेक्निसियन,एकजना रेडियोग्राफर,एकजना फार्मेसी सहायक र एकजना कार्यालय सहयोगीको आवेदन मागेको हो । नगर कार्यापालिका कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट जागिरका लागि आवेदन दिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्