चालक निदाएर सल्यानमा जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु


appharu

१२ आश्विन २०७९, बुधबार १०:२२ मा प्रकाशित

पालिकापत्र,सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्किएको रा १ ज ५६३ नम्बरको जीप बुधबार राति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेहरूमा कपुरकोट गाउँपालिका वडा नम्बर ६ का धर्म वली, बसन्त वली, टोपबहादुर वली, कुमारी वली, खेमलाल वली, सुरेश खत्री, बस चालक जीतबहादुर वली रहेका छन् ।

यस्तै सोही गाउँपालिका वडा नम्बर ५ का ललित वलीको पनि दुर्घटनामा मृत्यु भएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए । चालक निदाएका कारण दुर्घटना भएको प्रारिम्भक अनुमान छ ।
दुर्घटनामा घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार राति करीब २ बजे जीप दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्