मंसिर ४ निर्वाचनः बलदेव पक्का, बिष्णुसंग डोलकराम भिँड्दै !


appharu

१४ आश्विन २०७९, शुक्रबार ०८:४९ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
आसन्न मंसिर ४ को निर्वाचनमा कपिलवस्तु प्रतिनिधिसभा- १ मा नेकपा (माओवादी केन्द्र)का चक्रपाणी खनाल भिँड्ने पक्का भएको छ ।

०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट चुनाव जितेका बलदेवलाई सत्ता गठबन्धनले यो निर्वाचनमा पनि उठाउने भएको हो ।

सर्वाधिक चर्चाको विषय रहेको यो क्षेत्रमा नेपाली कांग्रेसको पनि दावी रहदै आएको थियो । लगातार बसिरहेको सत्ता गठबन्धनको बैठकले यो निर्वाचन क्षेत्र माओवादीलाई पारे पछि बलदेव चुनाव लड्ने भएका हुन् ।

यस्तै यही क्षेत्रको प्रदेश ‘क’ को निर्वाचन झन रोचक बन्ने देखिएको छ । यस क्षेत्रमा एमालेबाट विष्णु पन्थी उठ्ने निश्चित भएता पनि गठबन्धनबाट को उठ्छ भन्ने चौतर्फी जिज्ञासा थियो ।

विषेश स्रोत बताउँछ ‘गठबन्धनबाट कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलराम घिमिरे उठ्ने लगभग पक्का भएको छ । यसको निर्णय केही दिन पछि सार्वजनिक गर्छौ ।’

घिमिरे नेपाली कांग्रेसका नेता समेत हुन् । कांग्रेसको भागमा यो प्रदेशसभा पर्ने निश्चित भए पनि आकांक्षी थुप्रै छन् ।

पन्थीसंग भिडेर सकारात्मक नतिजा हासिल गर्न घिमिरेको विकल्प नदेखिएको उक्त स्रोत बताउँछ । यद्यपि यस क्षेत्रमा पन्थीसंग भिड्न बाणगंगा नगरपालिकाका पूर्व मेयर मंगल प्रसाद थारु उठ्ने चर्चा थियो । यस क्षेत्रका लागि कांग्रेसले घिमिरेसहित थारु, शक्ति सिंह ठकुरी, गणेश बहादुर क्षेत्री र गोपाल घिमिरेलाई सिफारिस गरेको छ । यी चर्चाका बीच घिमिरे अब पन्थीसंग चुनावी मैदानमा हुने छन् ।

प्रतिक्रिया दिनुहोस्