रुपन्देही–२ निर्वाचन अधिकृतको कार्यालय उद्घाटन


appharu

१५ आश्विन २०७९, शनिबार १८:४१ मा प्रकाशित

पालिकापत्र,बुटवल । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भयो । शनिबार बुटवल उपमहानगरपालिकामा कार्यालय उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईराला, बिशिस्ट अतिथि प्रजिअ भरणमणि पाण्डे र बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, सैनामैना नपाका प्रमुख फणिन्द्र शर्मा, बुटवल उपमहानगरका उपप्रमुख सावित्रा देवी अर्याल , विभिन्न राजनीति दलका प्रमुख एवं प्रतिनिधि र विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि हरुको उपस्थिति रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्