एमालेभित्र अराजकता बढ्दै गएको भन्दै एकीकृत समाजवादीमा प्रवेश


appharu

२९ आश्विन २०७९, शनिबार ०९:४६ मा प्रकाशित

पाल्पा ।
पाल्पामा नेकपा एमालेका जिल्ला स्तरका नेताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । पार्टीभित्र व्यक्तिवादी, स्वेच्छाचारिता, अराजकता बढ्दै गएको भन्दै उनीहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

दक्षिणपन्थी अवसरवाद, गुटवाद, परिवारवाद हावी भएको कारण पार्टीको सुधार हुने अवस्था नभएकोले पार्टीबाट छोडी एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा एमालेका जिल्ला तहका नेताहरु तानसेनका दिनेश रावल, रिव्दीकोटका एमाले प्रदेश कमिटी सदस्य कृष्ण बहादुर जिसी लगायत रहेका छन् ।

निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नेको लहर बढेसँगै पाल्पामा गठबन्धनका साझा उम्मेद्वार सोमप्रसाद पाण्डेयको जित समेत सुनिश्चित हुने क्रम बढ्दै गइरहेको एकीकृत समाजवादीका नेताहरुले जनाएका छन् ।

पार्टीमा स्वागत गर्दै समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष तथा पाल्पा क्षेत्र नं. २ का सांसदका उम्मेद्वार सोमप्रसाद पाण्डेयले पार्टीले नेताहरुलाई उचित जिम्मेवारी दिने र सच्चा कम्यूनिष्टहरुको धुव्रिकरण अभियान जारी नै रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्