सियारीमा सहकारी सूचना व्यबस्थापन प्रणालीबारे अभिमुखिकरण


appharu

२९ आश्विन २०७९, शनिबार १६:०६ मा प्रकाशित

राजन चौधरी/सियारी ।
रुपन्देहीको सियारीमा सहकारी सूचना व्यबस्थापन प्रणाली कोपोमिस सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सियारीमा रहेका सहकारी संस्थाहरुको सूचनालाई व्यबस्थित र सहकारीको पारदर्शिता लगायतको व्यबस्थापन प्रणालीबारे सहकारीकर्मीहरुलाई उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो।
अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सहकारीको नियमन तथा शेयर सदस्यहरु प्रति उत्तरदायी संस्थाको रुपमा बिकास गर्न आवस्यक रुहेको बताउनु भयो। संस्थामा आवद्ध शेयर सदस्यहरुको आिर्थक स्तर तथा आय आर्जनको श्रोतलाई पहिचानगरी सदस्यहरुलाई आत्मनिभर मुलक कार्यक्रमहरु संचालन नगर्दासम्म बचत र ऋण कार्यक्रमले मात्र सदस्यको जिवनस्तरमा कुनै परिवर्तन नआउने अध्यक्ष घिमिरेले बताउनु भयो। अध्यक्ष घिमिरेले अनुदानको रासायनिक मल नेपालमा नआएकोले किसानहरु मारमा परेको उललेख गर्दै नेपाल सरकारले कृषि सहकारी संस्था मार्र्फत रासायनिक मलको कारोवार गर्ने नीति भएपनि सियारीले सबै सहकारीलाई कारोबार गर्नमा रोक कुनै नलगाएको जानकारी समेत गराउनु भयो ।
कार्यक्रममा प्रशिक्षक गणेश प्रसाद खनालले कोपोमिसबारे जानकारी गारउदै सहकारीहरुको सुचना व्यबस्थापन प्रणाली भएको यस प्रणाली मार्फत सहकारीसंस्थाहरुलाई आवस्यक पर्ने हरेक सूचनाहरु कोपोमिसको माध्यमबाट प्राप्त भई सहकारी संस्थालई व्यबस्थित र पारदर्शी बनाउन सहज हुने बताउनु भयो। प्रशिक्षक खनालले यस कोपोमिसबाट सहकारीले संचलालन गन हरेक कारोवारहरुको एकीकृत, वर्गीकरण तथा बिश्लेषण गर्ने तथा प्राप्त नतिजाहरुबाट संस्थाको आन्तरिक तथा बाह्य वातावरणमा सम्बद्ध कुशलता पुर्वक र प्रभावकारी रुपले सम्प्रेषण गर्न सहज हुने भएको हरेक सहकारी संस्थाहहरुले कोपोमिस दर्तागरी कारोवार संचालन गर्न समेत आग्रह गर्नु भयो।
आर्थिक विकाश समिती संयोजक धनपति खरेलको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष तारा थारुले शेयर दस्यहरुको आवस्यकता के हो र शेयर सदस्यहरुले लिएको ऋण योजना अनुरुप उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ वा छैन भन्ने बिस्तृत अध्ययन गरी सहकारीलाई शेयर सदस्यमैत्री बनाउनु पर्ने सुझाव ििदनु भयो । उपाध्यक्ष थारुले सहकारीहको सूचना ब्यबस्थापन प्रणाली तालिमले सहकारीकर्मीहरुमा नयाँ ताजगी सहकारीलाई व्यबस्थित र पारदर्शी बनाउनमा सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्योपाने, आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद पौडेल, कृषि बिकाश अधिकृत निरहु चौधरी योजना प्रमुख रोमलाल पुरी लगायतको सहभागित रहेको थियो।
३६ जनाको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रमको संचालन गणेश प्रसाद खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्