गठबन्धनका शीर्ष नेता कार्तिक ४ गते बुटवल आउने


appharu

२९ आश्विन २०७९, शनिबार १८:१७ मा प्रकाशित

पालिकापत्र, बुुटवल । सत्तासिन पाँच दलीय गठबन्धनले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि कार्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने भएको छ । गठबन्धनको शनिबार बसेको बैठकले केन्द्रीय संयन्त्रले तोकेबमोजिम ४ गते बुुटवलमा प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।
प्रशिक्षणमा नेपाली काँग्रेसका सभापती एंव प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गर्नेछन् ।
नेपाली काँग्रेसका सभापती रामकृष्ण खाँणको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले प्रशिक्षणलाई भव्य रुपमा सम्पन्न गर्ने गरि व्यवस्थापन समिति समेत गठन गरेको छ । निर्वाचन केन्द्रीत प्रशिक्षणमा प्रत्येक पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीहरुको सहभागिता रहने नेकपा एकिकृत समाजवादीका रुपन्देही अध्यक्ष अविराम विश्वकर्माले बताए । प्रशिक्षणमा ५ सय बढिको सहभागिता रहने जनाइएको छ । गठबन्धनको बैठकले गठबन्धनका दलहरुको सहभागितामा निर्वाचन परिचालन समिति गठन गरिएको काँग्रेस सभापती रामकृष्ण खाँणले जानकारी दिए । प्रशिक्षण कार्यक्रमको व्यवस्थापन नेपाली काँग्रेसले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्