ग्रील जोनको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र


appharu

२९ आश्विन २०७९, शनिबार १८:५३ मा प्रकाशित

पालिकापत्र,बुटवल । ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीले ग्रील जोनका लागि जग्गा माग गर्दै बुटवलका नगर प्रमुुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । संघको एघारौं साधारणसभाका अवसरमा संघले शनिबार ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले व्यवसायीका माग जायज भएको स्वीकार गर्दै नगर कार्यपालिका वैठकमा छलफल गरेर खाली जग्गा भए दिने बताए । पुर्वाधार निर्माणमा ग्रील व्यवसायीको योगदान महत्वपूर्ण रहेको भन्दै नगरप्रमुख पाण्डेले व्यवसायीका माग सम्बोधन गर्न सकारात्मक रहेको बताए । ग्रील र फर्निचर क्षेत्रमा दर्ता नगरी व्यवसाय सञ्चालनले कर तिर्ने व्यवसायीहरु मारमा परेको भन्दै त्यस्तालाई करको दायरामा ल्याउने तयारी रहेको बताए ।
संघका संस्थापक अध्यक्ष अशोक वर्माले विना दर्ता काम गर्ने व्यवसायीलाई कारवाहीका लागि नगरपालिकाले संघलाई अधिकार दिनुपर्ने माग गरे ।
संघका अध्यक्ष मोहन भट्टराई र निवर्तमान अध्यक्ष तुलजी सारुले ग्रील जोन स्थापना हुन सके उद्योगहरुमा विद्युत आपुर्ति सहजता, ध्वनी प्रदुषण नियन्त्रण र नगरको सौन्दर्यीकरणमा टेवा पुग्ने भएकाले संघको माग प्रति स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताए ।
ग्रील जोनको आवश्यकता, औचित्य र यसका फाइदाबारे संघका पुर्व अध्यक्ष दिलबहादुर रानाले अवधारणापत्र तयार गरेका थिए । साधारणसभाले महासचिव ध्रवमणि ज्ञवालीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्